केराखेतीमा रमाउँदै कैलालीका युवा
नेपालबहस संवाददाता
असार २८, २०७८ सोमबार १९:३९:८
झलनाथ खनाल
२८ असार, भजनी । कैलालीको टीकापुर नगरपालिका– २ का खेम विक रोजगारीका लागि पहिले भारतमा मजदूरी गर्थे । भारतमा पनि उनको कमाइ राम्रै थियो । गाउँघरमा आफूसँगका सहकर्मी व्यवसायमा जोडिँदै गएपछि उनी पनि व्यवसाय गर्न स्वदेश फर्किए । उनले १० कठ्ठा जग्गाबाट व्यावसायिक केराखेती शुरु गरे ।
“मसँगका साथी केरा व्यवसायमा नै जोडिएका कारण मैले पनि केरा व्यवसायलाई नै रोजेको हुँँ”, उनले भने, “१० कठ्ठाबाट शुरु गरेको केराखेती अहिले १४ बिघा गर्दै आएको छु ।” लगानीको करीब ५० प्रतिशत आम्दानी हुने भएपछि उनले व्यवसाय थप्दै गएको बताएको छ । “एक बिगाहमा १० लाखसम्मको आम्दानी गरेको छु । त्यो धेरै हो । बढीमा सातदेखि आठ लाखसम्म आम्दानी हुन्छ”, विकले भने, “आम्दानी भएकोमध्ये आधा नाफा हो ।” एकचोटी रोपेको केराले तीन पटकसम्म उत्पादन दिने गरेका कारण पनि युवा केराखेतीप्रति आकर्षित भएका छन् ।
टीकापुर – ९ का हरिहरप्रसाद उपाध्यायले पाँच कठ्ठाबाट शुरु गरेको केराखेती छ वर्षमा नौ बिघा क्षेत्रफलमा बिस्तार गरेको भएको छ । स्नातक तहसम्मको अध्ययन गरेका उनको सबै परिवार केराखेतीमै छ । “पढाइले मात्र केही नहुने भएपछि पढाइसँगै व्यवसाय शुरु गरेको थिएँ । अहिले त्यसैलाई निरन्तरता दिँदै आएको छु”, उनले भने, “एक बिघा केराखेतीबाट कम्तीमा पनि रु चारदेखि पाँच लाखसम्म आम्दानी गर्न सकिन्छ । त्यतिमा म सन्तुष्ट नै छु ।” जानकी गाउँपालिका वडा नं ६ का प्रह्लाद बटाला सन् २०११ मा वैदेशिक रोजगारीका लागि कतार गए । वैदेशिक रोजगारीमा राम्रो कमाई नभएपछि प्रह्लाद स्वदेश फर्किएर व्यावसायिक बङ्गुरपालनमा लागे । विदेशमा रहँदा कमाएको पैसाले उनले बङ्गुरका लागि फार्म तयार पार्नुका साथै ८० वटा बङ्गुरका बच्चाबाट व्यवसाय शुरु गरेको तीन वर्षमा उनले फार्ममा अहिलेसम्म रु ३५ लाख खर्च गरिसकेका छन् ।
“शुरुमा विदेशबाट फर्किएपछि के गर्ने भन्ने निकै अन्योलमा थिएँ । परिवारकै सल्लाहमा बङ्गुरपालन शुरु गर्ने निधो गरेको हुँ”, उनले भने, “अहिले राम्रो छ । दानाको समस्या भने निकै छ । तर, उत्पादन भएको वस्तुको बजारीकरणमा कुनै समस्या छैन ।” उनले बङ्गुरका लागि दानाको वैकल्पिकरुपमा अजौलाखेती शुरु गरेको छ । त्यसले बङ्गुरलाई चाहिने आवश्यक प्रोटिन दिने भन्दै त्यसपछि दानाको आवश्यक नहुने बताएयो । उनको चार जनाको परिवार नै त्यही व्यवसायमा छ । अहिले मासिक एक लाखदेखि एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको बटाला बताउँछन् । उनले बङ्गुरपालनसँगै बाख्रापालनलाई पनि सँगै अगाडि बढाएका छन् ।
टीकापुर –४ का वसन्तकुमार जिसी २०६३ सालदेखि बैंकको चौकीदारी गर्दै गरेको छ । उनले गर्दै आएको कामबाट सन्तुष्ट नभएपछि व्यावसायिक बाख्रापालन शुरु गरे । दुई वर्ष अगाडि पाँच बाख्राबाट व्यवसायिक बाख्रापालन शुरु गरेका उनको फार्ममा साना ठूला गरेर ७० बाख्रा छन् । उनले व्यवसाय शुरु गरेको धेरै समय नभएको बताउँदै आम्दानीको स्रोत खुलिनसकेको बताए ।
“जागिर बाध्यता हो भने व्यवसाय रहर”, उनले भने, “परिवारसँगै बसेर काम गर्न सकिने, जागिरभन्दा आम्दानी पनि राम्रो हुने भएपछि व्यवसायमा जोडिन पुगेको हुँ ।” उनले व्यवसायले आम्दानी दिन थालेपछि जागिर छोड्ने बताउँदै बैंकको किस्ता तिर्नका लागि भए पनि जागिर बाध्यता भएको बताएको छ ।
टीकापुर– ९ का राजुप्रसाद चौधरी २०६७ सालदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । उनको छ जनाको परिवार तरकारी खेतीमै संलग्न छ । “पहिले हामीले परम्परागत खेती गर्याैँ । त्यसबेला मुस्किलले परिवार पाल्न पुग्थ्यो”, उनीले भने, “व्यवसायिक खेतीमा लागेपछि पछाडि फर्केर हेर्नुपरेको छैन । तरकारीबाट राम्रो आम्दानी भइरहेको छ । अहिले व्यवसायमा लागेका परिवारका सबै सदस्य पनि खुशी छन् ।” उनले दुई बिघा क्षेत्रफलमा वर्षे तरकारी लगाएको छ । एक मौसममा उहाँले सबै खर्च कटाएर रु दुई लाखसम्मको आम्दानी हुने गरेको बताए । कोरोनाका कारण भएको निषेधाज्ञाले भने उत्पादन भएको तरकारीलाई बजारीकरण गर्न भने समस्या हुने गरेको उनी बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच हजार आठ सय मेट्रिकटन स्याउ बाहिरी जिल्ला पठाइयो
असोज १६, २०८१ बुधबार
आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार
असोज १६, २०८१ बुधबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
प्रधानन्यायाधीशमा राउतको आज शपथ, सर्वोच्चमा स्वागत र विदाइको विशेष कार्यक्रम
असोज २०, २०८१ आइतबार
एक विदेशीसहित काभ्रेमा ७७ जनाको मृत्य, ७५ घाइते
असोज २०, २०८१ आइतबार
प्रिमियर लिगको यस सिजनमा लेस्टरको पहिलो जित
असोज २०, २०८१ आइतबार
फुलह्यामविरुद्ध म्यानचेस्टर सिटी ३-२ ले विजयी
असोज २०, २०८१ आइतबार
साउथहम्पटनमाथि आर्सनलको सहज जित
असोज २०, २०८१ आइतबार
बाढीपहिरोमा परी हालसम्म २ सय ४४ जनाको मृत्यु
असोज २०, २०८१ आइतबार