वीरेन्द्रनगरमा प्रदेशस्तरीय पानी परीक्षण प्रयोगशाला स्थापना
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार २९, २०७८ मंगलबार १५:३:४२
![](https://nepalbahas.prixacdn.net/media/albums/pani_SYSqYnfJGK.jpg)
२९ असार, कर्णाली । वीरेन्द्रनगरमा प्रदेशस्तरीय पानी परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालयअन्तर्गत सञ्चालन हुने गरी प्रयोगशाला स्थापना गरिएको हो ।
यो कर्णाली प्रदेशकै पहिलो पानी परीक्षण प्रयोगशाला हो । कर्णालीमा प्रयोगशाला नहुँदा पिउने पानीको स्वच्छता मापन गर्न नेपालगञ्ज पठाउनुपर्ने बाध्यता थियो । पूर्वाधार विकास निर्देशनालयका प्रमुख प्रभाकरप्रसाद सिंहले प्रदेश सरकारको स्वीकृत वार्षिक कार्यक्रमअनुसार ठूलो क्षमताको प्रयोगशाला स्थापना गरिएको जानकारी दिए। उनका अनुसार रु एक करोड ७३ लाख ३० हजार लागतमा प्रयोगशाला स्थापना भएको हो ।
ऊर्जा तथा जलस्रोत मन्त्रालयअन्तर्गत रहनुपर्ने भए पनि तत्काललाई प्राविधिक कारण भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमातहत सञ्चालन गर्नुपरेको निर्देशनालय प्रमुख सिंहको भनाइ छ ।
भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापाले हरेक नागरिकलाई स्वच्छ पिउने पानीको हक सुनिश्चित गर्न प्रदेश सरकारले प्राथमिकताका साथ प्रयोगशाला स्थापना गरेको बताए । “पिउने पानीको स्वच्छता उपभोक्ताले थाहा पाउनैपर्छ, पानीको गुणस्तर परीक्षण नहुँदा उपभोक्ताले दूषित पानी उपभोग गर्नुपरेको छ”, उनले भने, “सुर्खेतमै प्रयोगशाला हुँदा पानीजन्य रोगको पहिचान र त्यसको निरुपण गर्न धेरै सहज हुनेछ ।”
प्रयोगशालाका लागि कम्तीमा तीन जना जनशक्ति आवश्यक रहेको बताइएको छ । प्रयोगशाला प्रमुखका लागि रसायन विज्ञानमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्ति, खानेपानी ल्याब प्राविधिक र एक सहयोगी कर्मचारीका लागि दरबन्दी सिर्जना गरिएको छ । आगामी भदौ महिनाभित्र करार जनशक्तिको व्यवस्थापन गरिसक्ने मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
विद्युतीय व्यापार (इ–कमर्श) विधेयक पारित
फागुन ६, २०८१ मंगलबार
संस्कृत विश्वविद्यालयको जग्गामा तीन दलका नेता–कार्यकर्ताको रजाई
फागुन ६, २०८१ मंगलबार
संस्कृत विश्वविद्यालयको ९ सय १० बिगाहा जग्गा अतिक्रमण
फागुन ६, २०८१ मंगलबार
नेपालमा बसेर अनलाइनमा डेढ अर्ब बढीको जुवा, हारजितको रकम भारतका विभिन्न बैंक खातामा जम्मा
फागुन ६, २०८१ मंगलबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार