प्राचीन डोरी तान खेललाई देशव्यापीरूपमा विस्तार गरिने
नेपालबहस संवाददाता
असार २९, २०७८ मंगलबार १७:२२:४९
२९ असार, भक्तपुर । जुनसुकै उमेर समूह तथा लिङ्गका व्यक्तिबाट रमाइलो गर्दै खेलिने प्राचीन डोरी तान खेललाई देशव्यापीरूपमा विस्तार गरिने भएको छ । परम्परादेखि नै चल्दै आए पनि पछिल्लो समयमा यी खेल ओझेलमा पर्दै गएपछि डोरी तान्ने नेपालको पुरानो खेललाई जोगाउन नेपाल डोरी तान संघले यो खेललाई देशव्यापीरूपमा विस्तार गर्ने भएको हो ।
यसै क्रममा नेपाल डोरी तान सङ्घ (नेपाल टग अफ वार) वाग्मती प्रदेशको अध्यक्षमा सुन्दरकुमार शाक्य ९भक्तपुर० चयन हुनुभएको छ । उपाध्यक्षमा आशिष श्रेष्ठ (ललितपुर), सचिवमा निरोज महर्जन (ललितपुर), कोषाध्यक्षमा जमुना महर्जन (मकवानपुर) र सहसचिवमा मुरारीप्रकाश सञ्जेल (काठमाडौं) चयन भएको संघ केन्द्रीय उपाध्यक्ष एवं वाग्मती प्रदेश संयोजक भुवनलाल श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी प्रदेश सदस्यहरुमा कर्मा वाङ्गेल लामा (सिन्धुपाल्चोक), ओम प्रधान (सिन्धुली), रमेश श्रेष्ठ (धादिङ), प्रल्हाद खनाल (काठमाडौं), नारायणप्रसाद श्रेष्ठ (रामेछाप), जानकी गुरुङ (काठमाडौं), हीरा शर्मा नेपाल (काभ्रे), श्रीराम दाहाल (काठमाडौं) चयन भएको छ । जिल्ला शिक्षा अधिकारी हुँदै शिक्षा मन्त्रालय एवं मातहतका कार्यालयमा सेवा गर्दै हाल अवकाश प्राप्त अध्यक्ष शाक्यले यस खेललाई विद्यालयस्तरमा विस्तार गर्दै लैजाने बताए ।
नेपाल टग अफ वारका केन्द्रीय अध्यक्ष भवानी पौडेलले कार्यक्रममा संघको भावी योजना, कार्ययोजना, विगतमा भएका कार्यक्रमका बारेमा जानकारी गराएको थियो । संघ केन्द्रीय उपाध्यक्ष एवं वाग्मती प्रदेशका संयोजक भुवनलाल श्रेष्ठले चयन भएका समितिको नामावली घोषणा गर्नु गर्दै संघलाई बाँकी दुईवटा प्रदेश र जिल्ला हुँदै देशभरि विस्तार गरिने बताए ।
कार्यक्रममा सङ्घका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नं १ का अध्यक्ष सूर्य भण्डारीले स्कूल र कलेजमार्फत डोरीतान खेललाई विस्तार गरिँदै लगेको बताए । अन्तरराष्ट्रिय डोरीतान महासङ्घको नियमानुसार प्रत्येक खेल बेष्ट अफ थ्री नकाउटका आधारमा खेलाइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार