राष्ट्रपतिद्धारा देउवालाई प्रधानमन्त्रीमा नियूक्त, शपथग्रहण साँझ ६ बजे
नेपालबहस संवाददाता
असार २९, २०७८ मंगलबार १९:३३:५१
२९ असार, काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियूक्त गरेकी छन् ।
संविधानको धारा ७५ (५) अनुसार देउवा प्रधानमन्त्रीमा नियूक्त भएका हुन् । उनले अब ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।
विपक्षी गठबन्धनको तर्फबाट प्रधानमन्त्रीमा नियूक्त कांग्रेस सभापति देउवालाई माओवादी केन्द्र, जसपा र एमालेकै २३ जना सांसदले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्दै राष्ट्रपतिलाई १४९ जनाको हस्ताक्षर बुझाएका थिए ।
तर राष्ट्रपतिले सो हस्ताक्षरलाई मान्यता नदिई प्रधानमन्त्री केपी ओलीको सिफारिसमा संसद बिघटन गरी मध्यावधि चुनावको घोषणा गरेपछि विपक्षी गठबन्धनका १४६ जना सांसदहरुले हस्ताक्षरसहित परमादेशको माग गर्दै सर्वोच्च अदालत गएका थिए ।
सोही बमोजिम अदालतले देउवालाई आज साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा नियूक्त गरी ७ दिनभित्र संसद बैठक बोलाउन आदेश जारी गरेको थियो ।
शपथग्रहण साँझ ६ बजेका लागि तोकिएको छ । देउवा योसहित गरी पाँचौ पटक प्रधानमन्त्रीमा नियूक्त हुने संम्भवत पहिलो नेपाली राजनीतिज्ञ बनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार