बीरगञ्जमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको साँठगाँठमा तस्करी फस्टायो
नेपालबहस संवाददाता
असार २९, २०७८ मंगलबार २१:१८:४२
२९ असार, बीरगञ्ज । छिमेकी राष्ट्र भारतसँग सीमा जोडिएका नाकाहरुबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीकै संलग्नतामा तस्करी भइरहेको छ । भारतबाट अबैध रुपमा समान ल्याउने र नेपालबाट अबैध रुपमा निकासी हुने मालसमानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीकै साँठगाँठ हुने गरेको हो ।
तस्करहरुले नेपालबाट मदिरा र भारतबाट कस्मेटिक समान, तेल, चिनी ,कपडा ,हाडवेयर र बिजुलीका समान नेपाल भित्र्याउने गरेको स्थानीयले बताएका छ्न् । तर सेटिङ्गमा आएको समानको कुनै जाँच भने हुँदैन । पछिल्लो समय प्रहरीकै संलग्नतामा खुला सीमानामा तस्करी भएको स्थानीयले बताएका छन् ।
स्थानीयहरुका अनुसार जिल्लाको पश्चिमी नाका भिस्वा, प्रसौनी भाठा, झौवा, भलूवाहा, दसावता , जानकीटोला , पाण्डेपुर, पिडारीगुठी, महादेवपटी, सुबर्णपुर ,माली शकरसरैया लगायतका नाकाहरुबाट दिनहुँ मदिरा तस्करी भइरहेको छ । अबैध समान भारतबाट पठाउनका लागि अथवा भारतबाट नेपाल भित्र्याउनका लागि सादा पोसाकमा खटिएका प्रहरीले तस्करसँग सेटिङ्ग मिलाउने काम गरेका छन् ।
बिशेषगरी प्रसौनी भाठा, भिस्वा, जानकीटोला नाकाबाट कपडा ,सुर्ती ,र बिजुली, हार्डवयर, मोटरपार्ट्स ,किराना आइटमको समान भित्र्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग सेटिङ्ग मिलेको स्थानीयहरुको दाबी छ । ती नाकाहरुबाट रातिको समयमा तस्करहरुले मालसमान दुवानी गर्ने स्थानीयले बताएका छ्न् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
जिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार