जेनेभामा फेरि ग्रेटर नेपाल
नेपालबहस संवाददाता
असार २९, २०७८ मंगलबार २२:१४:२५
२९ असार, काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायसमक्ष ग्रेटर नेपालको आवाज उठाएका छन् । स्वीजरल्याण्डको जेनेभास्थित संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको ४७ औं सत्रको समानान्तर कार्यक्रममा उनले यो आवाज उठाएका हुन् ।
स्वीजरल्याण्डको जुरिचबाट सञ्चालन गरिएको Indian Hegemony and Interferences in Nepal विषयको एक वेबिनारमा हिजो १२ जुलाईको साँझ ४ बजे काठमाडौंबाट सहभागी हुँदै उनले अन्तर्राष्ट्रिय मञ्चमा ग्रेटर नेपालको माग दोहोर्याएका हुन् ।
AIBaraem Association for Charitable Work , European Institute for Economics , Political and Social Research , Universal Human Rights Council , International Human Rights Movement र Geneva School of Business and Economics नामक पाँच संस्थाको प्रायोजनमा भएको उक्त वेबिनारको moderator मा University of Savio Mont Blank– France की मेगान सेभेराक रहेकी थिइन् ।
ग्रेटर नेपालका फणीन्द्र नेपाललाई मुख्य प्रस्तोता बनाइएको जुरिचबाट सञ्चालित र जेनेभाबाट प्रसारित उक्त वेबिनारमा अन्तर्राष्ट्रिय युवा समाज, नेपालका सभापति डा. पिया रत्न महर्जन र श्रीलंकाका Research fellow डा. एम शरीफ असीसले नेपालमा इन्डियाको प्रभुत्ववादी व्यवहार र हस्तक्षेपका विषयमा चर्चा गरेका थिए ।
वेबिनारका मुख्य प्रस्तोता फणीन्द्र नेपालले इन्डियाले नेपालमा प्रदर्शन गरेको प्रभुत्ववादी व्यवहार र उसले यहाँ प्रत्येक क्षेत्रमा गरेको हस्तक्षेप तथा पुर्याएको अवरोधका बारेमा गरेका थिए । उनले करिब ६० हजार वर्ग किलोमिटर नेपाली भूमिमा सात दशकभन्दा बढी समयदेखि उपनिवेश कायम गर्दै आइरहेको भन्दै त्यसबाट मुक्तिका निम्ति इन्डियालाई दवाव दिन अन्तर्राष्ट्रिय जगतलाई आह्वान गरेका थिए ।
यसका अतिरिक्त उनले लिम्पियाधुरा कालापानी लिपुलेकलाई इन्डियाको राजनीतिक नक्सामा राखेर खुला रूपमा अतिक्रमण , कब्जा र विस्तार गरेको , तराईको सीमानामा अन्तर्राष्ट्रिय कानुनविपरीत सडक र बाँध निर्माण गरी पानीको प्राकृतिक बहाव रोकेर नेपाली किसानको खेतीयोग्य जमिन डुबाई अस्तव्यस्त बनाएको र इन्डियाली नागरिकता ऐनमा संशोधन गरेर इन्डियाको निर्माण हुनुभन्दा सयौं वर्ष अघिदेखि बसिरहेका नेपाली भाषीलाई आफ्नै देशमा शरणार्थी बनाई मानव अधिकारमाथि खुल्ला रूपमा प्रहार गरेको आरोप लगाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार