मेलम्ची क्षेत्रका धेरै भौतिक पूर्वाधारमा क्षति, कहाँ कति ?
नेपालबहस संवाददाता
असार २९, २०७८ बुधबार ०:१०:६
सञ्चिता घिमिरे
२९ असार, काठमाडौं । गत असार १ मा मेलम्ची नदीमा लेदोसहित आएको बाढीका कारण यस क्षेत्रमा पुल, सडक, झोलुङ्गे पुल, बसपार्कलगायतका धेरै पूर्वाधार क्षतिग्रस्त बनेका छन् । सङ्घीय सरकार, प्रदेश र स्थानीय सरकारअन्तर्गतका विभिन्न संरचना क्षतिग्रस्त बनेका छन् ।
मेलम्ची नगरपालिका–११ स्थित चन्द्र शम्शेरको समयमा बनेको पुल बाढीले बगाएको छ । विसं १८८६ मा बनेको सो पुल अहिले बगाएको हो । सङ्घीय सडकअन्तर्गत सिपाघाट नजिकै पहिरोका कारण सडक क्षतिग्रस्त बनेको छ । झण्डै १५० मिटर सडकमा तलबाट नदीले र माथिबाट पहिरोले असर पु¥याएको देख्न सकिन्छ ।
त्यसलाई मर्मत गरिने र पहिरो नियन्त्रण गरिने सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताए। उनले भने, “अहिले पनि सडक सुचारु छ पहिरो हटाएर मर्मत गरेपछि ठूलो समस्या छैन ।” मेलम्ची–११ मा रहेको मेलम्ची बजारदेखि नवलपुर चौतारा र पाँचपोखरी थानपाल जोड्ने पक्की पुल पूर्णरुपमा क्षति भएको छ । यो पुल छोटो समयमा नै निर्माण गर्न सकिने देखिएको महानिर्देशक थापाले बताए ।
उनका अनुसार पुलको जग नबिग्रिएकाले र पिलरमा क्षति नदेखिएकाले छोटो समयमा बनाउन सकिने देखिएको छ । पुलको बीचको भाग मात्र भत्काएर लगेको पाइएको छ । सो पुल आठ नौ महिनामा निर्माण गर्न सकिने देखिएको छ । उनले भने, “त्योभन्दा अघि तत्कालका लागि झोलुङ्गे पुल वा अरु अस्थायी क्रसिङ सकिन्छ ।”
यस क्षेत्रमा सबैभन्दा बढी क्षति मेलम्चीको पुलबजारदेखि हेलम्बुको अम्बाथानसम्मको सडकमा भएको छ । झण्डै सात किमी लम्बाइको सडक पूरै भाँसिएको त पुल नै बगाएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । मेलम्ची खानेपानी विकास समिति निर्माण गरेको सडक उसैले मर्मत गर्नेछ भने पुलको मर्मतको काम सडक विभागले गर्नेछ । सो सडक मर्मत गर्न आवश्यक भएमा विभागले समितिलाई उपकरण दिने महानिर्देशक थापाले बताए ।
मेलम्ची–हेलम्बु सडकमा दुई पुल बाढीले बगाएको छ । उनले भने, “अहिले दुई बेलीब्रिज विभागले दिने र बाँकी काम समितिले गर्ने भन्ने सहमति छ ।” पुल बजारबाट हेलम्बुसम्म चार पुलमा क्षति पुगेको महानिर्देशक थापाले बताए । पुल बजारको एउटा पुलमा क्षति भएको छ । पुल बजारभन्दा माथि एउटा पुल माटोले पुरिएको छ । पुल आफ्नै ठाउँमा भएकाले त्यो माटो हटाएपछि त्यसलाई सुचारु गर्न सकिने उनले बताए ।
सोही खण्डमा पर्ने रातो पुलमा पहिले क्षति भएको अनुमान गरिए पनि सडक विभागको टोलीले शनिबार स्थलगत अवलोकन गर्दा क्षति नभएको पाइएको छ । पुलमा पिलरमा केही असर भए पनि त्यसलाई बलियो गरेमा अर्को बनाउनुनपर्ने उनले बताए । हेलम्बु क्षेत्रमा रहेका दुई पुल बाढी बगाएकाले त्यस ठाउँमा सडक विभागले बेलीब्रिज दिने भएको छ ।
मेलम्ची नगरपालिकामा वडागतरुपमा हेर्दा सबैभन्दा बढी क्षति वडा नम्बर ११ मा भएको पाइएको छ । यहाँका दुई सडक पुल र तीन झोलुङ्गे पुलमा क्षति भएको छ । मेलम्ची बजारबाट पाँचपोखरी थानपाल र मेलम्ची फट्टेबाट दुबोचौर जोड्ने पुल पक्की पुल पूर्णरुपमा क्षति भएको नगरपालिकाले जनाएको छ ।
मेलम्ची पुरानो पुल बजारदेखि मेलम्ची वडा नं १० जोड्ने झोलुङ्गे पुल पूर्णरुपमा, मेलम्ची बगैँचादेखि मेलम्ची नगरपालिका–१० जोड्ने झोलुङ्गे पुलमा आंशिकरुपमा क्षति भएको छ । मेलम्चीकै डिही टारदेखि बगैँचा जोड्ने झोलुङ्गे पुल र नुहार खोलामा रहेको काँडे बगर र भटार तर्ने झोलुङ्गे पुल उच्च जोखिममा रहेको छ । यहाँ रहेका इन्द्रावती करिडोर सडक उच्च जोखिममा रहेको नगरपालिकाले जनाएको छ । वडा नं १० मा रहेको शिखरपुर तिपनी भोताङ सडक आंशिकरुपमा क्षतिग्रस्त बनेको छ ।
यहाँका सार्वजनिक भवन, खानेपानी, पार्क, बसपार्क, विद्यालय भवन, सिँचाइ कुलो र विद्युत्का लाइन पनि क्षतिग्रस्त बनेका छन् । यहाँ रहेका भवनमध्ये मेलम्ची नगरपालिका आयुर्वेद शाखा भवन र बहुउद्देश्यीय कवर्ड हल, मनमोहन स्मृति भवन, फोहरमैला सङ्कलन केन्द्र, राधेराधे भवन, क्रियापुत्री भवन र रेडियो मेलम्चीको भवन क्षतिग्रस्त बनेको नगरपालिकाले जनाएको छ । मेलम्ची खानेपानी विकास समितिको भवन, मेलम्ची बजार लिफ्ट खानेपानी, तेर्से माध्यमिक विद्यालय, शवदाह गृहमा क्षति पुगेको छ । वडा नं १० र ११ मा रहेका विद्युत्का पोल क्षतिग्रस्त बनेको छ । यहाँका शहरेखोला सिँचाइ कुलो, नुहार खोला टार सिँचाइ कुलो, सङ्गुरे सिँचाइ कुलो, अमारे ठूलोबगर सिँचाइ कुलोलगायतका सिँचाइमा क्षति पुगेको छ ।
पालिकाबीचको सहज यातायातको लागि मेलम्ची र इन्द्रावती नदीमा तत्काल दुई बेलीब्रिज निर्माण गरी यातायात सुचारु गर्नुपर्ने नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले बताए । मेलम्ची क्षेत्रमा बाढीले पुल बगाएर आवतजावत ठप्प हुँदा नगरपालिकाअन्तर्गत सञ्चालित सङ्घीय तथा प्रदेश सरकारको वित्तीय समानीकरण, सशर्त र समपुरक अनुदानबाट सञ्चालित आयोजनामा बाढीले असर पु¥याएको छ ।
उनले भने, “उक्त आयोजना आगामी आवमा आर्थिक दायित्वसहित निरन्तता दिने गरी म्याद थप गर्नुपर्छ ।” तालामाराङदेखि ढाँडखोलासम्म झण्डै १५ किमी नदी किनाराको दुबै भागमा रहेको बस्ती र खेतीयोग्य जमीन जोगाउन दुबै किनारामा तटबन्ध बाँधी जमीन संरक्षण गर्नुपर्ने नगरपालिकाले बताएको छ । मेलम्ची र इन्द्रावती नदीलाई पूरानै अवस्थामा फर्काउन प्रयास भइरहेको प्रमुख अर्यालले बताए । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउर्जामा त्रिपक्षीय सम्झौताः बंगालको खाडीसम्म संभावनाको बाढी
असोज १९, २०८१ शनिबार
नेपाल र बंगलादेशबीच ४० मेगावाट बिजुली व्यापार सम्झौतामा हस्ताक्षर
असोज १७, २०८१ बिहिबार
ठेउवाटारमा पाँच दिनदेखि विद्युत् अवरुद्ध
असोज १७, २०८१ बिहिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
प्रिमियर लिगको यस सिजनमा लेस्टरको पहिलो जित
असोज २०, २०८१ आइतबार
फुलह्यामविरुद्ध म्यानचेस्टर सिटी ३-२ ले विजयी
असोज २०, २०८१ आइतबार
साउथहम्पटनमाथि आर्सनलको सहज जित
असोज २०, २०८१ आइतबार
बाढीपहिरोमा परी हालसम्म २ सय ४४ जनाको मृत्यु
असोज २०, २०८१ आइतबार
नेपाल प्रिमियर लिगको खेलाडी अक्सन आज हुँदै
असोज २०, २०८१ आइतबार
विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति
असोज २०, २०८१ आइतबार