तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
असार ३०, २०७८ बुधबार ११:५:१८
ज्योतिषी: गणेश काफ्ले
वि.सं.२०७८ साल असार ३० गते । बुधबार । ईश्वी सन् २०२१ जुलाई १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्लपक्ष । तिथि–चतुर्थी,बिहान ०६ बजेर ३० मिनेट उप्रान्त पञ्चमी । नक्षत्र– पूर्वाफाल्गुनी, रातको ०२ बजेर ५२ मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग– व्यातिपात, दिउसो ०१ बजेर ३४ मिनेट उप्रान्त वरियान । करण– भद्रा,बिहान ०३ बजेर ३० मिनेट उप्रान्त बव, बेलुकी ०६ बजेर ०१ मिनेट उप्रान्त बावल । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि– सिंह । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५९ मिनेट । दिनमान ३४ घडी १४ पला ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- मेहनेतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाईलेखाईमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम एक कदम अगाडी आउनेछ । सन्तान तथा छोराछोरीले प्रगति गर्ने हुनाले मन प्रशन्न रहनेछ । शेयर बजार तथा बैकिङ क्षेत्रमा गरेको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । मायाप्रेमको गाठो कसिलो भएर जानेछ भने जीवनसाथिले तपाईको काममा सहयोग गर्ने हुँदा समयमा नै काम सकाउन सकिनेछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- भौतिक सम्पती तथा बिलाशी वस्तुको व्यापार कमी हुनेछ भने कृषि सहकारी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । आमा तथा आफन्तसँग सानो सानो कुरामा मनमुटाब बढ्ने तथा टाडिएर टाडाको यात्राको तय गर्नु पर्नेछ । पढाईलेखाईमा मन नजाने तथा खोजमुलक क्षेत्रको कामहरु थाती रहनेछन् । राजनीति तथा समाजसेविहरुले समाजमा काम देखाउन नसक्दा बिश्वास जित्न अलि बढि नै समय खर्चनु पर्नेछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- पारिवारिक असमझ्दारिले कामहरु गर्न केही कठिनाई हुनेछ भने दाजुभाईसँग बिवाद बढ्ने योग रहेको छ । कुनै पनी काम गर्नको लागी गरिने यात्रा कष्टप्रद हुन सक्छ । व्यापारमा लगानी गरिहाल्ने समय रहेको छैन । प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले अबिश्वास बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आट तथा पराक्रम गर्न नसक्दा हातमै आउन लागेको काम फुत्कनेछ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- परिवार तथा नजिकका मानिसबाट तपाईको काममा सहयोग प्राप्त हुनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- समयको सही सदुपयोग गरी रचानात्मक गर्दै समाजमा नाम कमाउन सकिनेछ । साथिभाईको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडिहरुका लागी समयले साथ दिनेछ भने नयाँ नया प्रेम प्रस्ताव आउनेछ । बिद्यार्थीहरुले पढाईमा राम्रो प्रगती गरी आफन्त तथा गुरुवर्गहरुलाई खुशी राख्न सक्नेछन् ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधी खर्च बढेर जानेछ । आफुभन्दा अग्रजसँग राय बाजिने तथा मनमुटाब बढ्ने योग रहेकोछ । प्रेममा अबिश्वास तथा मनमुटाब बढ्नेछ । तरपनि दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- सरकारी सम्पती तथा पैत्रिक सम्पती हात लागी हुने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । बिद्यामा राम्रो प्रगती हुने हुँदा पढाईलेखाईमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- माता पिताको धन तथा सम्पति प्रयोग गरी आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । मायाप्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा ल्याउन सकिनेछ । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- पढाईलेखाई बिद्यार्थीहरुले राम्रो प्रगती गर्ने समय रहेकोछ । धर्म तथा अध्यात्म क्षेत्रमा रुची बढ्नेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । मायाप्रेममा नजिक भई आफ्ना आवना साटासाट गर्ने अवसर जुर्नेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईका सहभागिता उच्च स्तरको रहनेछ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’ समयमा काम नबन्नाले दुःख पाईनेछ भने आर्थिक संकटको सामना झेल्नु पर्नेछ । दिदिबहिनीसँग मनमुटाब बढ्ने तथा टाडिने समय रहेकोछ । सवारीसाधन प्रयोग गर्दा वा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेकोछ । पढाईलेखाईमा मन नजादा अरुभन्दा पछी परिनेछ भने मायाप्रेममा अबिश्वास बढ्ने योग रहेकोछ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यवसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ । प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । प्रेममा नजिक भई रमाउन सकिनेछ ।
मीन’दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- हुलमुल तथा विवादित बिषयमा प्रबेश नगर्नु नै राम्रो रहेकोछ ,आज हुने कुनै पनि न्यायिक निर्णय तपाईको पक्षमा हुने छैनन् । रोग,ऋण तथा संकटको सामना गर्नु पर्दा मानशिक तनाब बढ्नेछ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था नाजुक हुनेछ । पढ्नेलेख्ने कामहरु थाती नै रहनेछन् । आफन्त तथा मावली पक्षसँग बिवाद बढ्ने योग रहेकोछ ध्यान दिनुहोला । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार