बैतडीमा १२ लाखको लागतमा पहिलोपटक शववाहन
नेपालबहस संवाददाता
असार ३०, २०७८ बिहिबार ४:५३:४७
३० असार, बैतडी । यहाँ पहिलोपटक शववाहनको व्यवस्था गरिएको छ । जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा जिल्ला अस्पतालले शववाहन खरीद गरेको हो ।समन्वय समितिको करीब साढे रु १२ लाखको लागतमा शववाहन ल्याइएको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए ।
उहाँले भन्नुभयो, “जिल्ला अस्पातलले सञ्चालन गर्ने गरेर शववाहन खरीद गरी सञ्चालनमा ल्याइएको हो, शववाहन भएपछि विभिन्न कारणले मृत्यु भएकाको शव ओसार्न सहज हुनेछ ।” शववाहन नहुँदा नागरिकलाई सास्ती हुने गरेको थियो ।
जिल्लामा शववाहन नहुँदा परीक्षण गर्न तथा ओसार्न समस्या हुने गरेकामा अब सहज हुने डा जोशीको भनाइ छ । उनले भने, “जिल्ला अस्पतालमा मात्र नभएर जिल्ला बाहिर उपचारका लागि लगिएका आफन्तको मृत्यु हुँदा निजी सवारी साधनमा शव बोक्न नमान्दा समस्या भोग्नु परेकामा अब सहज हुनेछ ।”
जिल्लाका विभिन्न बस्तीमा सडक सञ्जाल पुगे पनि यहाँ सञ्चालन हुने सवारी साधनले शव बोक्न नमान्ने गरेकामा अब राहत हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताए ।
उनले भने, “सवारी साधनले शव बोक्न नमान्ने गरेका थिए, बोक्ने सवारी साधनले पनि चर्को मूल्य लिने गरेका थिए, अब चर्को मूल्य तिर्नुपर्ने बाध्यता हटेको छ ।” एकीकृत शववाहन सञ्चालन निर्देशिकाअनुसार शववाहन सञ्चालन गरिने अस्पतालले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
पुष ६, २०८१ शनिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार