कांग्रेस चौधौ महाधिवेशमा देउवा र डा.शेखरबीच नै कडा प्रतिस्पर्धा !
यज्ञप्रसाद भट्टराई
असार ३१, २०७८ बिहिबार ६:०:५८
नेपालको राजनीतिक परिवर्तनका हरेक मोडहरुमा झापा जिल्लाको महत्वपुर्ण योगदान रहेको कुरा हरेक नेपालीका लागि जिउँदो ईतिहास र यथार्थ वर्तमानका रुपमा छर्लङ्ग छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा झापाका नेतृत्वकर्ताहरुको त्याग र समर्पणको लामो ईतिहास अहिले पनि सिङ्गो मुलुकले पढिरहेको छ ।
नेपालकै सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस अहिले आफ्नो चौधौ महाधिवेशन सम्पन्न गराउन लागिपरेको छ । मुलुक कोरोना महामारीको अत्यन्तै ठुलो मारमा रहेको बेलामा पनि आगामी भदौ महिनामा जसरी पनि महाधिवेशन गर्नैपर्ने बाध्यात्मक परिस्थितिले कांग्रेस नेता तथा कार्यकर्तालाई सताएको छ ।
लामो समयसम्म नेतृत्वमा रहेको कांग्रेसको संस्थापन पक्ष भनेर चिनिएको बर्तमान पार्टी सभापति शेरबहादुर देउवाले भर्खरै मात्र प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । देशलाई अधिनायकवाद तर्फ डोर्याउन उद्धत कम्युनिष्ट नामको ओली नेतृत्वको सरकारलाई सम्मानित सर्बोच्च अदालतले अपदस्थ गरेपछि कांग्रेस सभापतिलाई सरकार सञ्चालनको जिम्मेवारी बोक्नै पर्ने अवस्था सृजना भएको हो ।
अबको महाधिवेशनबाट राजनीतिक विश्राम लिने र नेतृत्व युवामा हस्तान्तरण गर्ने आम कांग्रेस बृत्तमा विश्वास रहेको थियो तर शेरबहादुर देउवाले आफू फेरि पनि सभापतिमा उठने घोषणा गरे पछि नेपाली कांग्रेसको चौधौ महाधिवेशमा शेरबहादुर देउवा र नेपाली कांग्रेसका आशा र भरोसाका केन्द्रका रुपमा रहेका र अबको कांग्रेस सभापति भनेर तमाम कांग्रेस नेता तथा कार्यकर्ताहरुले अगाडी आउन अनुरोध गरिरहेका डा.शेखर कोइराला बिच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
गत तेह्रौं महाधिवेशनमा समेत बैचारिक समुहको रुपमा पार्टीलाई खबरदारी गरिरहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले यस पटक कुनै पनि गुटको राजनीति नगर्ने र सिङ्गो संस्थापन ईतर पक्षलाई समर्थन गर्ने र यसका लागि नेपाली कांग्रेसका तमाम नेता तथा कार्यकर्ताहरूले मन पराएका नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई सर्वसम्मत उम्मेदवार बनाउन सकृय रुपमा लागिरहेका छन् । संस्थापन इतर पक्षको साझा उम्मेद्वारको रुपमा डा. शेखर कोइरालाको नाम अघि सारेका सिटौलाको सकृयताले स्यवं उनको राजनीतिक उचाई पनि बढाई रहेको छ । यसले नेपाली कांग्रेसको आगामी महाधिवेशनबाट नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सभापति वन्ने स्पष्ट तस्विर देखाएको छ ।
डा.शेखर कोइरालालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाजवादी शक्तिको समेत सहयोग र साथ रहेको भन्दै संस्थापन इतर पक्षबाट डा. शेखर कोइरालालाई नै अब साझा उम्मेद्वारको रुपमा अघि सार्ने गरी सिटौलाले सहमतिको प्रयास गरिरहेको उनी निटक स्रोतले जनाएको छ। सिटौला निकट श्रोत भन्छ अहिले ‘अहिले जसरी भए पनि संस्थापन पक्षलाई टक्कर दिन सक्ने र राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिले समेत विश्वास गर्न सक्ने नेता र गुट र फुटले आक्रान्त बनेको कांग्रेसलाई पुन: एक पटक सिङ्गो र एकताबद्ध कांग्रेस बनाएर लैजान सक्ने नेतृत्वको खाँचो छ, । त्यसका लागि पनि नेपाली कांग्रेसको सभापतिमा डा. शेखर कोइराला नै उपयुक्त उम्मेद्वार हुन भन्ने कुरामा सिटौला पुगेको बुझिएको छ ।
शेखरलाई साझा उम्मेद्वार बनाउन सबैभन्दा पहिला वरिष्ठ नेता रामचन्द्र पौडेललाई कहाँ र कसरी सम्मानजनक ब्यवस्थापन गर्ने र नेता पौडेललाई अघि लगाएर कांग्रेस एकताको शन्देश लिएर महाधिवेशनमा जाने भन्ने बिषयमा पनि अहिले संस्थापन ईतर पक्ष लागिपरेको छ । यसका लागि नेपाली कांग्रेसलाई देशकै शक्तिशाली पार्टी बनाएर सरकार वरिष्ठ नेता पौडेललाई सम्मानजनक राष्ट्र प्रमुखकको जिम्मेवारी सुम्पने कुरा पनि अहिले बहसको बिषय वनिरहेको छ । यसका लागि स्वयं डा. शेखर र रामचन्द्र पौडेलले बसेर आधिकारिक निर्णय गर्न जरुरी छ ।
कांग्रेस नेता सिटौला डा. शेखर कोइरालासँग नजिकिए सँगै संस्थापन पक्ष अप्ठ्यारोमा परेको छ । युवा नेता बिमलेन्द्र निधीले पनि सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नु र अर्का युवा नेता प्रकाशमान सिंहले पनि यसपटक सभापति बाहेक अरु पदमा नउठने घोषणा गर्नुले डा. शेखर कोईराला नै सभापतिको उत्तम बिकल्पका रुपमा देखिएका छन् ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपगठबन्धन दलका नेताहरुले त्रासद राजनीतिको खेती गर्न खोजेका हुन् ?
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लिए शपथ ग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार