आज उपत्यकाका तीनै जिल्लाका सीडीओहरुको बैठक बस्दै
नेपालबहस संवाददाता
असार ३१, २०७८ बिहिबार १५:५९:८
३१ असार, काठमाडौं । निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरू आज संयुक्त बैठक बिहीबार आज बस्दै छ ।
लामो दुरीका गाडी नचल्दा नागरिकले धेरै दुख पाएको भन्दै जोर-बिजोर प्रणालीमा भए पनि सार्वजनिक गाडी चलाउन दिने तयारी बारे उपत्यकाका सिडिओहरू बैठक आज बस्न लागेको हो ।
काठमाडौं उपत्यकामा निषेधाज्ञालाई निरन्तरता नै दिने तयारी भएको छ । अहिलेको जस्तै खुकुलो बनाएर केही दिन निषेधाज्ञालाई लम्ब्याउने तयारी गरिएको हो । स्रोतका अनुसार बैठक आज दिउँसो ४ बजे बैठक छ ।
काठमाडौं उपत्यकामा पूर्ण रुपमा निषेधाज्ञा खुला गरिएको छैन । उपत्यका भित्र सवारीहरु संचालन भएपनि काठमाडौं बाहिर जाने तथा आउने लामा दुरीका सवारी पास विन संचालन संचालन गर्न पाइरहेका छैनन् ।
आजको बैठकले लामो दुरीका सवारी संचाल गर्ने नगर्ने वा स्वास्स्थ्य सचेतता अपनाएर संचालन गर्ने भन्नेबार निर्णय हुने बताइएको छ ।
आजको बैठकले लामो दुरीका सवारीहरुमा जोरबिजोर प्रणाली मार्फत संचालन अनुमती दिनसक्नेगरी निर्णय गर्न सक्ने सम्भावना छ । यद्यपी प्रमुख जिल्ला अधिकारीहरु पनि के गर्ने भन्नेबार अन्योलमै रहेको बताइएको छ ।
दोस्रो लहरको कोरोना महामारी नेपालमा फैलिएसँगै गत बैशाख १६ गतेबाट कोरोना नियन्त्रणका लागी काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो ।
कोरोना महामारीको जोखिम केही कम भएसँगै निषेधाज्ञा पनि खुकुलो बनाइदैछ । पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार