जानकी गाउँपालिका दोस्रो साक्षर पालिका घोषित
नेपालबहस संवाददाता
असार ३१, २०७८ बिहिबार १८:३०:३१
३१ असार, टीकापुर । कैलालीको लाई साक्षर पालिका घोषणा गरिएको छ । गाउँपालिकालाई एक कार्यक्रमबीच शिक्षा विकास तथा समन्वय एकाइ कैलालीका प्रमुख बैकुण्ठ सुवेदीले साक्षर पालिका घोषणा गरेको हो ।
पालिकामा रहेका १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएपछि गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो । साक्षर पालिकाका लागि राष्ट्रभाषा वा मातृभाषाका अक्षरको पढाइ र लेखाइ गर्न सक्ने, राष्ट्रभाषा वा मातृभाषामा लेखिएको मूल्यसूची र बिलको पढाइ, आफ्ना परिवारका सदस्यको नाम, उमेर, मोबाइल र क्यालकुलेटरका अङ्क तथा अक्षर पहिचान र प्रयोग गर्न जान्ने, शून्यदेखि नौसम्मका अङ्कका अक्षर लेखाइ, एकदेखि १०० सम्म गणना, लेनदेनको हिसाब राख्नेलगायतका सूचक छन् ।
पालिकामा रहेका सबै निरक्षर नागरिकले यी सबै सूचक पूरा गरेपछि साक्षर घोषणा गरिएको शिक्षा अधिकृत धर्मानन्द कपाडीले बताए। सरकारले विसं २०७६ भित्र देशका सबै जिल्ला नै पूर्ण साक्षर घोषणा गरी नेपाललाई नै साक्षर देश घोषणा गर्ने लक्ष्य राखेको थियो तर नेपालमा कोरोना महामारी फैलिएपछि सबै सूचक पूरा गरे पनि घोषणा कार्यक्रममा केही ढिलाइ भएको बताइन्छ ।
कैलालीमा अझै पनि तीन प्रतिशत नागरिक निरक्षर रहेको तथ्याङ्क छ । एकाइका प्रमुख सुवेदीले गाउँपालिकाले साक्षर घोषणा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । “घोषणापछि शैक्षिक गतिविधि निरन्तर गर्नुपर्छ, निरक्षर व्यक्ति कोही बचेका वा बसाइसराइँ गरी आएमा उनीहरुलाई निरक्षर बनाउने कार्यमा खट्नुपर्छ”, सुवेदीले भने, “निरन्तरता दिन चुनौती छ, यसमा पालिकाले बजेट विनियोजन गरेरै काम गर्नुपर्छ, साक्षरमात्र होइन पूर्ण साक्षरतातिर लैजान गाउँपालिकाले ध्यान दिनुपर्छ ।”
गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले शिक्षाको विकासले गाउँपालिकाको अन्य विकासमा पनि सहयोग पुग्ने भएकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । “गाउँपालिकाको साक्षरता घोषणा कार्यक्रमलाई निरन्तरता दिन विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ”, अध्यक्ष चौधरी भन्छन्, “हामी शिक्षामा लगानी गर्न कञ्जुस्याइँ गर्ने छैनौँ, यो कार्यक्रम निरन्तर हुनेछ ।”
उपाध्यक्ष उमा महतोले गाउँपालिका साक्षर घोषणा कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । “सबै सक्रिय भएर सम्भव भयो, शिक्षक, विद्यालय, प्रधानाध्यापक, समुदायका नागरिकलाई धन्यवाद छ”, उनी भन्छन्, “शिक्षा नै विकासको आधार हो, शिक्षित नागरिकमा श्रम गर्ने, आयआर्जनसँग जोडिने हिम्मत आउँछ, त्यसैले हामी गम्भीर छौँ ।”
राष्ट्रिय शिक्षा प्रारम्भिक कार्यक्रमका कार्यक्रम संयोजक उषा जोशीले गाउँपालिकालाई कैलालीको दोस्रो साक्षर पालिका घोषणा गर्न आफूहरु सहयोगीका रूपमा रहेको बताए । “साक्षर पालिका घोषणा कार्यक्रमलाई सफल पार्न हामी शैक्षिक नीति र योजना निर्माणमा सघाउनेछौँ”, उनले भने ।
गाउँपालिकालाई साक्षर घोषणा गर्न गाउँगाउँमा प्रौढ शिक्षा, पढ्नका लागि प्रोत्साहनजस्ता कार्य गरिएको थियो । राष्ट्रिय माविका प्रधानाध्यापक प्यारेन्द्र न्यौपाने घोषणा गरेमा मात्र हुँदैन, कार्यान्वयनमा समेत ध्यान दिनुपर्ने बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
म्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
पुष ६, २०८१ शनिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार