बैतडीमा साउन १५ गतेसम्म निषेधाज्ञा थप
नेपालबहस संवाददाता
असार ३१, २०७८ बिहिबार २१:४:३२
३१ असार, बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले गत वैशाख २० गतेदेखि लागू गरेको निषेधाज्ञा आगामी साउन १५ गतेसम्मका लागि थप गरेको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
कोरोना भाइरस संक्रमित थपिँदै गएकाले निषेधाज्ञालाई पनि निरन्तरता दिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । अहिलेसम्म सङ्क्रमितको सङ्ख्या हेर्दा निषेधाज्ञा थप गर्नुपर्ने अवस्था आएको उनले बताए ।
निषेधाज्ञालाई केही खुकुलो पार्दै जिल्लाभित्र सार्वजनिक सवारी तथा निजी भाडाका गाडी स्वास्थ्य सुरक्षाका मापदण्डपालन गरी बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालनमा आउन दिने निर्णय भएको छ ।
सार्वजनिक सवारी तथा निजी भाडाका गाडीमा सिट क्षमताको आधारमा यात्रु बोक्न पाइनेछ । यसअघि आधा सिट क्षमता मात्रै जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय भएकोमा साउन १ गतेदेखि पूर्ण सिट क्षमतामा सार्वजनिक सवारीसाधन सञ्चालनमा आउनेछन् ।
यस्तै रोजगारीका लागि भारत जाने नागरिकको सम्बन्धित स्थानीय तहले एन्टिजेन परीक्षण व्यवस्था मिलाउनुपर्ने निर्णयसमेत भएको छ । सबै कार्यालयको सार्वजनिक सेवा नियमित रुपमा प्रवाह हुनेछन् भने सबै प्रकारका पसल बिहान ७ देखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछन् ।
विवाह व्रतबन्धजस्ता धार्मिक कार्यमा बढीमा २५ जनासम्म उपस्थित हुने र जनस्वास्थ्य मापदण्ड अपनाएर गर्न पाइनेछ । यस्तै मेला, महोत्सव, सम्मेलन र खेलकूद गतिविधिमा भने रोक लगाइएको छ ।
कोरोना भाइरसको दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा पहिलो पटक वैशाख २० गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।भारतसँग सीमा जोडिएको बैतडीमा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म १८ जनाको मृत्यु भइसकेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकको प्रक्षेपण
पुष ६, २०८१ शनिबार
पावर प्लेमा जनकपुरको जादु, जनकपुरका दुई खेलाडी भए आऊट
पुष ६, २०८१ शनिबार