१ खर्ब ४८ अर्ब पुनरकर्जा स्वीकृत
नेपालबहस संवाददाता
असार ३१, २०७८ बिहिबार २२:३०:१
काठमाडौं । नेपाल राष्ट्र बैंकले झण्डै डेढ खर्ब रुपैयाँ बराबरको पुनरकर्जा स्वीकृत गरेको छ। केन्द्रिय बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७८ जेठ मसान्तसम्ममा १ खर्ब ४८ अर्ब ३५ करोड स्वीकृत भएको जनाएको छ। यसमा १ खर्ब २७ अर्ब ९ करोड लगानीमा रहेको केन्द्रिय बैंकले जनाएको छ।
२०७८ जेठ मसान्तसम्ममा ९६ हजार ८ सय ५२ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई १ खर्ब ५० अर्ब ९६ करोड कर्जा बक्यौता रहेको छ ।
यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४४ हजार ७ ऋणीलाई प्रवाह भएको १ खर्ब २ अर्ब ८३ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ५० हजार ५ सय १३ महिला उद्यमीलाई प्रवाह भएको ४४ अर्ब ६६ करोड कर्जा रहेको छ ।
सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ३ सय ३२ ऋणीको ३ अर्ब ४७ करोड कर्जा बक्यौता रहेको छ ।
“व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ जेठ मसान्तसम्ममा ८२ करोड २४ लाख स्वीकृत भएको केन्द्रिय बैंकले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार