हिंसा प्रभावितका लागि आश्रयसहितको सेवा केन्द्र स्थापना

नेपालबहस संवाददाता
असार ३१, २०७८ बिहिबार २३:१०:२३

मिना कंडेल
३१ असार, नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले हिंसा प्रभावितका लागि आश्रय सहितको सेवा केन्द्र स्थापना गरेको छ ।
मगंलबार एक कार्यक्रम गरि प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराईले आश्रयसहितको सेवा केन्द्रको उद्घाटन गरे । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पंगेनीले जिल्लामा नै यस किसिमको आश्रय स्थल नहुँदा पीडीतलाई अन्यत्र जिल्लामा राख्नुपर्ने बाध्यता रहँदै आएको बताए।
अल्पकालिन सेवा केन्द्र नहुँदा कतिपय पीडित महिला तथा बालबालिकाको सुरक्षामा चुनौती हुने गरेको सरोकारवलाहरुले गुनासो गर्दै आएका थिए । आश्रय स्थल निर्माणले बिभिन्न हिंसामा परेकाहरुको अल्पकालिन रुपमा संरक्षणका लागि सहयोग पुग्ने उनले बताए । ‘अहिलेलाई भाडामा सञ्चालन गर्ने तयारी गरेका छौँ । आगामी दिनमा व्यवस्थापन गर्दै आफ्नै भवनमा सञ्चालन गर्ने योजना छ । ’ पंगेनीले बताए । आफु महिला भएका कारण पनि यस कामलाई आफुले प्राथमिकतामा राखेको पंगेनीको भनाई रहेको छ ।
एउटै जिल्ला हुँदा परासीमा सेवा केन्द्र रहेकाले सहज थियो । तर , अहिले नवलपरासी दुईवटा जिल्ला भएकाले नवलपुरमा समेत सेवा केन्द्रको आवश्यकता महशुस गरि स्थापना गरिएको कावासोती नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रमेश घर्तीले बताए । सुरक्षाकर्मी , सहयोगि , मनोपरामर्शकर्ता सहितको सेवा केन्द्र स्थापन गरिने उनले बताए ।
कतिपय पीडित महिला , किशोरी तथा बालबालिकाहरु उजुरी गरिसकेपछि आफनो घर अथवा माईतमा गएर बस्ने अवस्था नहुने हुँदा, उनीहरुलाई केहि समयका लागि आश्रय लिने ठाउँ चाहिने हुन्छ, जिल्लामा यस्ता पीडितका लागि सुरक्षित आवाश गृह नहुँदा धेरै समस्या हुने गरेको छ ।
कतिपय हराएर भेटिएका बालबालिकाहरु , उद्धार गरिएएका महिला बालबालिकालाई कस्टडीमा राख्न पाईदैन ,कतिपय घरेलु हिंसाबाट पीडीत , बलात्कारमा परेका , वेचविखनमा परेका महिलाहरु उजुरी दिएपछि घरमै गएर अथवा माईतमा गएर बस्न सक्दैनन उनीहरुको सुरक्षामा समेत चुनौती हुन्छ ।
त्यस्ता पीडीतलाई केही समय आश्रय दिन अल्पकालिन सेवा केन्द्र नहुँदा चितवन , पश्चिम नवलपरासी , काठमाण्डौँ लगायतका जिल्लामा पठाउने गरिएको थियो । अब भने जिल्लामा नै आश्रय स्थल भएपछि यो समस्या समाधान हुने उपप्रमुख प्रेमशंकर मर्दनिया थारुले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसात महिनामा लुम्बिनी प्रदेशमा एक चौथाइ रकम मात्र खर्च
फागुन ९, २०८१ शुक्रबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
चलचित्र ‘हर्ष’को शुभ मुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
फागुन १४, २०८१ बुधबार
‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
फागुन १४, २०८१ बुधबार
एकीकृत समाजवादीको सचिवालय बैठक सुरू
फागुन १४, २०८१ बुधबार
४५ दिनमा ६५ करोडले प्रयागराजस्थित महाकुम्भमा लगाए डुबुल्की
फागुन १४, २०८१ बुधबार
नेपाली बुहारी बनिन् बलिउड अभिनेत्री एवं युट्युबर प्रजक्ता
फागुन १४, २०८१ बुधबार