नेपाली सेनाको व्यवस्थापनमा सामाखुशीमा कोरोना खोप केन्द्र सञ्चालन
नेपालबहस संवाददाता
असार ३१, २०७८ शुक्रबार ३:१:५१
३१ असार, काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा राधास्वामी सत्संग व्यास नेपाल टोखामा कोरोना खोप केन्द्र सञ्चालनमा आएको छ । सरकारले असार ३० देखि साउन २ गतेसम्म कोरोना खोप लगाउने मिति तय गरेसँगै नेपाली सेनाको व्यवस्थापनमा टोखा नगरपालिका–१० सामाखुशीस्थित राधास्वामी सत्संग व्यास नेपालको भवनमा बुधबारदेखि कोरोना खोप केन्द्र सञ्चालनमा ल्याइएको हो ।
धास्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी केन्द्रका क्लिनिकल रजिष्ट्रर महासेनानी डा सुमनराज डङ्गोलले सेनाको व्यवस्थापनमा वीरेन्द्र सैनिक अस्पतालका साथसाथै राधास्वामी भवनमा कोभिड खोप केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए ।
बुधबारदेखि शुरु भएको खोप केन्द्रमा ५५ वर्ष वा सोभन्दामाथि उमेरका सबै नागरिक, विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालक, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा कार्यरत खोप लाउन छुट भएका व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकले खोप लगाउन पाउनेछन् । बुधबार ८४८ जनाले खोप लगाएको उक्त केन्द्रमा आज ८०० जनालाई खोप लगाउने कार्यक्रम रहेको डा डङ्गोलले बताए।
काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा जेठ ८ गतेदेखि सञ्चालनमा ल्याइएको उक्त राधास्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी केन्द्रमा हाल १८२ कोरोना सङ्क्रमितले उपचार गरेर घर फर्किसकेका छन् । अक्सिजनसहित ८८ श्यया र अक्सिजनविनाको ९६ श्यया रहेको उक्त आइसोलेसन केन्द्रमा अहिले ३७ जनाले कोरोना सङ्क्रमितले उपचार गराइरहेका केन्द्रका कन्सल्टेन्ट फेमिली फिजिसियन डा विश्वराज दवाडीले जानकारी दिए ।
उक्त आइसोलेशन केन्द्रमा बस्ने बिरामी तथा बिरामीको उपचारमा खट्ने चिकित्सकको निःशुल्क खानाको व्यवस्था भने राधास्वामी सत्संग व्यास नेपालले मिलाएको छ । उक्त राधास्वी संस्थाले बिरामीका लागि दैनिक झोल पदार्थसहित छ पटक खानेकुरा खुवाउँदै आएको छ ।
कोरोना सङ्क्रमित भएर घरमा बस्न अप्ठ्यारो परेका वा आर्थिक अवस्था कमजोर भएका जो कोही बिरामी पनि उपचारका लागि उक्त केन्द्रमा जान पाउनेछन् । उक्त आइसोलेशन केन्द्रमा दुई जना कन्सल्टेन्ट डाक्टर, आठ जना मेडिकल अफिसर, छ जना विएन नर्स, ३४ जना स्टाफ नर्स र २४ जना हेल्थ एटेण्डेन्ट करारमा कार्यरत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार
डडेल्धुरामा जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार