टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपतिद्वारा बिदाइ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार ३१, २०७८ शुक्रबार ३:५९:१
![](https://nepalbahas.prixacdn.net/media/albums/keladi_tisIeioEZl.jpg)
३१ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको राजधानी टोकियोमा आयोजना हुने ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा उनले सफलताको शुभकामना दिएर नेपाली टोलीलाई बिदाइ गरे। सो अवसरमा उनले नेपाली टोलीको सेफ द मिसन रहेका राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ का सदस्य सचिव रमेशकुमार सिलवाललाई राष्ट्रिय झण्डा हस्तान्तरण गरे । टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी र चार प्रशिक्षकसहित २६ सदस्सीय टोलीले सहभागिता जनाउने छ ।
टोकियो ओलम्पिकमा पौडीमा गौरिका सिंह र एलेक्स शाह, एथलेटिक्समा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार र जुडोमा सोनिया भट्टले प्रतिस्पर्धा गर्ने छन्। सिंह दोस्रो पटक ओलम्पिक खेल्न लागेका हुन्। अन्य चार खेलाडी पहिलो पटक ओलम्पिकमा सहभागी बन्दै छन । सिंहले पहिलो पटक सन् २०१६ मा रियो ओलम्पिकमा सहभागिता जनाए ।
नेपालमा आयोजित १३औँ दक्षिण एसियाली खेलकूद ‘साग’मा सिंहले पौडीमा चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक प्राप्त गरेका छन् । सिंहले महिला १०० सय मिटर फ्रि स्टाइल तथा शाहले पुरुष १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्ने छन् ।
यसैगरी परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह तथा चौधरीले महिला १०० मिटर दौडमा सहभागिता जनाउने छन्। टोकियो ओलम्पिकमा प्रशिक्षकमा पौडीका शङ्कर कार्की, सुटिङमा असिम यादव, जुडोमा सूर्यनारायण श्रेष्ठ र एथलेटिक्समा इन्द्रकुमारी मल्लको सहभागिता रहनेछ ।
ओलम्पिकको उद्घाटन समारोहमा सिंह र शाहले संयुक्त रुपमा नेपालको झण्डा बोक्ने छन् । टोकियो ओलम्पिक आगामी साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्याम्पियन्स ट्रफी : २९ वर्षमा पहिलोपटक ठूलो प्रतियोगिता आयोजना गर्दै पाकिस्तान
फागुन ६, २०८१ मंगलबार
जिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
आगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता हुने
पुष २२, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार