चितवनमा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सञ्चालन
नेपालबहस संवाददाता
साउन १, २०७८ शुक्रबार १७:५९:३८
१ साउन, चितवन । जिल्लामा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ । जिल्लाका सबै पालिकामा यो अभियान सञ्चालन गरिएको हो ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार ५५ वर्षमाथिका सबै नागरिकलाई आज र भोलि यो खोप दिइने छ । नागरिकता वा अन्य परिचय खुल्ने सरकारी कागजात लिएर आउनेलाई खोप लगाइने छ । यही साउन ३ गते सरकारी, निजी र सामुदायिक विद्यालय तथा क्याम्पसका प्राध्यापक, शिक्षकलाई खोप लगाइने छ । यसका लागि सम्बन्धित पालिकाको शिक्षा शाखाबाट प्रमाणित गरेको प्रतिलिपि र कार्ड अनिवार्य गरिएको कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीले बताए ।
यसैगरी यसअघि नै तोकिएको तर खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, कर्मचारी, पत्रकार, बैंक कर्मचारी, सुरक्षाकर्मी, संंस्थान कर्मचारी, जनप्रतिनिधि सबैले यो खोप लगाउन पाउने छन् । परिचय र प्रमाण खुल्ने कागजात लिएर सम्बन्धित खोप केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको उहाँले जानकारी दिए ।
यस्तै खोप अनिवार्य गरेका देशमा जानुपर्ने व्यक्तिले पासपोर्टमा भिसा लागेको प्रमाणसहित आएमा उनीहरुलाई पनि यो खोप दिइने प्रमुख तिवारीले बताए । सार्वजनिक सवारीका चालक र सहचालकलाई लाइसेन्स र सम्बन्धित निकायबाट प्रमाणसहित आएमा खोप लगाउने व्यवस्था गरिएको छ । तोकिएका समूहबाहेक अन्यलाई यो खोप दिन नमिल्ने बताउँदै उनले भने, “तोकिएका समूहबाहेक अरुलाई खोप दिन मिल्दैन । यसअघि कोभिशिल्ड पहिलो डोज लगाएकालाई पनि यो खोप लगाउन मिल्दैन ।” खोपसम्बन्धी केही समस्या भएमा सम्बन्धित वार्डको स्वास्थ्य संस्थाबाट जानकारी लिन सकिने कार्यालयले जनाएको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार