एमालेले देउवालाई विश्वासको मत नदिने
नेपालबहस संवाददाता
साउन १, २०७८ शुक्रबार १९:४३:१५
१, साउन, काठमाडौं । नेकपा एमालेको स्थायी समितिको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा आज बसेको बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
स्थायी समिति बैठकबाट देउवालाई विश्वासको मत दिन नसकिने निर्णय गरेको प्रवक्ता प्रदिप ज्ञावलीले जानकारी दिए । माधव कुमार नेपाल पक्षका नेताहरु बैठकबाट बाहिरिएपछि ओली पक्षिय नेताहरुको मात्रै बैठक बसेको बुझिएको छ । बैठकले देउवा नेतृत्वको सरकारको विपक्षमा उभिन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।
त्यस्तै पार्टी एकताको लागि गठित १० सदस्यीय कार्यदल पनि खारेज गरेको ज्ञावलील जानकारी दिए । आजको स्थायी समितिको बैठकले १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्यदल विघटन गरेको पार्टी प्रवक्ता ज्ञवालीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार
वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह
पुष ४, २०८१ बिहिबार