चलचित्र निर्माणसँगै अभिनयमा सक्रिय नायिका ऋचाकाे आज जन्मदिन
नेपालबहस संवाददाता
साउन १, २०७८ शुक्रबार २०:४५:५९
नेपाली चलचित्र निर्माणसँगै अभिनयमा सक्रिय नायिका ऋचा शर्माले आज आफ्नाे जन्मदिन मनाइरहेकी छिन् । नेपाली फिल्म क्षेत्र ‘फस्ट लभ’बाट चलचित्रमा प्रवेश गरेकी नायिका ऋचाले आफ्नो जन्मदिन मनाइरदा सन्तानलाई जन्म दिने दिनको प्रतिक्षामा छिन् ।
नेपाली फिल्म क्षेत्रकी प्रतिभाशाली अभिनेत्री शर्मा आजबाट ३३ पूरा गरेर ३४ बर्षमा लागेकी छन् । उनले आज परेको आफ्नो जन्मदिन घरपरिवारसँग घरमै मनाउँदै छिन् ।
डेढ बर्ष अगाडि आफ्नो प्रेमलाई वैवाहिक जीवनमा परिणत गरेपछि ऋचाको करिअर सानो पर्दामा पनि केन्द्रित छ । उनी, ‘कमेडी च्याम्पियन’को निर्णायकको कुर्सीमा बसेर आफूलाई नयाँ ढंगको भूमिकामा ढालिरहेकी छिन् ।
ऋचाको करिअरमा केही हिट र केही संझनलायक चलचित्रहरु छन् । उनले अभिनय गरेका ‘लुट, टलक जंग भर्सेस टुल्के, को आफ्नो, हाइवे, उमा’ लगायतका चलचित्रले उनको अभिनयको नयाँ आयम कोरेका छन् । यी बाहेक ‘लुट २, भिसा गर्ल, आधा लभ, मेरो लभ स्टोरी, सुनकेसरी’ लगायतका चलचित्रले पनि दर्शकमाझ उनलाई स्थापित गराएका छन् ।
ऋचाले चलचित्रको पर्दामा पात्रलाई खोजेकी छिन् । उनी, चलचित्रमा फरक फरक पात्रको जीवनमा रमाउन चाहने नायिका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार