प्रधानमन्त्री देउवालाई चिनियाँ राजदूत होउ यान्छीले दिइन् बधाई, थप १६ लाख खोप अनुदान दिने
नेपालबहस संवाददाता
साउन १, २०७८ शुक्रबार २१:४५:१०
१ साउन, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै बधाई दिएकी छन् । यान्छीले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर शुभकामना तथा बधाई दिएकी हुन् ।
प्रधानमन्त्री देउवासँग बालुवाटारमा भएको भेटवार्तामा राजदूत यान्छीले चीन सरकार सँधै नेपालसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएकी छन् भने अबको दिनमा नेपाल र नेपालीसँग अझै प्रगाढ सम्बन्ध रहने विश्वास व्यक्त गरिन् । साथै चीनले नेपाललाई थप १६ लाख कोरोना विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने जानकारी दिएकी छन् ।
जवाफमा प्रधानमन्त्री देउवाले आफू सधैं चीनसँग बलियो सम्बन्ध स्थापना गर्न चाहेको भन्दै चीन सरकारले नेपाललाई कोरोना विरुद्ध गरेको सहायताप्रति धन्यवाद प्रकट गरेका छन् ।
यसअघि चीनबाट अनुदानमार्फत १८ लाख डोज कोरोना खोप आइसकेको छ भने सरकारले थप ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको छ । जसअन्तर्गत आठ लाख डोज खोप आइसकेको छ ।
प्रधानमन्त्री देउवाले राजदूत यान्छीले सँगको भेटलाई पुष्टि गर्दै आफ्नो ट्विटमा फोटोसमेत सार्वजनिक गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार
वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह
पुष ४, २०८१ बिहिबार