काठमाडौंमा मौज्दात सकिएको भन्दै कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित
नेपालबहस संवाददाता
साउन १, २०७८ शुक्रबार २२:१२:१
१ साउन, काठमाडौं । काठमाडौं जिल्लामा कोरोनाविरुद्धको खोप अभियान स्थगित गरिएको छ । कोरोनाविरुद्धको भेरोसेल खोप असार २९ गतेदेखि साउन २ गतेसम्म सञ्चालन गर्ने भनिएपनि मौज्दात सकिएको भन्दै खोप अभियान स्थगित गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले आज एक सूचना जारी गर्दै साउन २ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान स्थगित गरिएको जनाएको छ ।
अर्को सूचना जारी नभएसम्मका लागि भेरोसेल खोप पहिलो मात्रा लगाउने कार्यक्रम स्थगित भएको प्रमुख जनस्वास्थ्य प्रशासक बद्री बहादुर खड्काले जारी गरेको सूचनामा उल्लेख छ ।
मन्त्रीस्तरीय निर्णयबाट ५५ बर्ष देखि माथिका सबै व्यक्तिलाई भेरोसेल खोपको पहिलो मात्रा दिने निर्णय भएको थियो । यो खोप विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकहरुलाई समेत यसैपटक भेरोसेल खोप दिने र अत्यावश्यक सेवामा संलग्न हुनेहरु र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई लगाइदिने निर्णय भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार
डडेल्धुरामा जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार