चिनियाँ राजदूतको कुटनीतिक सक्रियता बढ्यो, एकैदिन तीन शीर्ष नेतासँग छलफल

नेपालबहस संवाददाता
साउन १, २०७८ शनिबार १:२५:३३

१ साउन, काठमाडौं । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले एकैदिन तीन वटा महत्वपूर्ण भेटघाट गरेकी छिन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई छुट्टा–छुट्टै भेटघाट गरेकी हुन् ।
राजदूत यान्छी अपराह्न ४ बजे कोटेश्वरमा नेता नेपालसँग र प्रचण्डलाई बिहान साढे १० बजे निवास खुमलटार पुगेर भेट गरेकी थिइन् । बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटे लगतै उनले प्रचण्डसँग शिष्टाचार भेट गरेकी हुन् । त्यसक्रममा उनले चीनले नेपाललाई थप १६ लाख डोज कोभिड खोप दिने निर्णय गरेको समेत जानकरी गराएकी थिइन् ।
प्रचण्ड र राजदूत यान्छीले करिब एक घण्टा भेटवार्ता गरेको प्रचण्ड निकट एक नेताले बताए । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि पाँच दलीय गठबन्धनबाट देउवा प्रधानमन्त्री भएपछि प्रचण्डलाई राजदूत यान्छीले भेटेकी हुन ।
प्रचण्डलाई भेटेलगतै राजदूत यान्छी अपराह्न् ४ बजे एमाले वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुगेकी छिन् । देउवा–प्रचण्डलाई भेटेलगत्तै चिनियाँ राजदूतले नेपाललाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
अपरान्ह ४ बजे एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटघाट गर्दै एमाले विवादको विषयमा समेत चासो राखेकी थिइन । नेता नेपालसँग चिनियाँ राजदूतले नेपाल र चीन बीचको सम्बन्ध र नेपालको राजनीतिक अवस्था र पार्टीभित्र उत्पन्न भएको विवादबारे छलफल गरेकी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
चलचित्र ‘हर्ष’को शुभ मुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
फागुन १४, २०८१ बुधबार
‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
फागुन १४, २०८१ बुधबार
एकीकृत समाजवादीको सचिवालय बैठक सुरू
फागुन १४, २०८१ बुधबार
४५ दिनमा ६५ करोडले प्रयागराजस्थित महाकुम्भमा लगाए डुबुल्की
फागुन १४, २०८१ बुधबार
नेपाली बुहारी बनिन् बलिउड अभिनेत्री एवं युट्युबर प्रजक्ता
फागुन १४, २०८१ बुधबार