बैतडीमा पूर्ण सीट क्षमताका आधारमा यात्रु बोक्न पाइने
नेपालबहस संवाददाता
साउन २, २०७८ शनिबार ११:५९:२५
२ साउन, बैतडी । बैतडीमा आजदेखि पूर्ण सीट क्षमतामा जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालनमा आएका छन् । गएको असार १६ देखि आधा सीट क्षमतामा मात्रै सार्वजनिक सवारीसाधन सञ्चालन भइरहेकोमा आजदेखि निषेधाज्ञा थप खुकुलो भएसँगै पूर्ण सीट क्षमतामा सार्वजनिक सवारी साधन सञ्चालन आएका हुन् ।
प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेद्वारा शुक्रबार जारी गरिएको आदेशानुसार जिल्लाभित्र पूर्ण सीट क्षमताका आधारमा यात्रु बोक्न पाइने भनिएको छ ।
सवारी साधन सञ्चालन गर्दा चालक र सहचालकले अनिवार्य एन्टिजेन परीक्षण भने गर्नुपर्ने आदेशमा उल्लेख गरिएको छ । जिल्लाभित्र सार्वजनिक सवारी तथा निजी भाडाका गाडी जनस्वास्थ्य मापदण्डको पूर्णपालना गरी बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालनमा आएका हुन् ।
यसअघि असार १६ गतेदेखि जिल्लामा आधा सीट क्षमतामात्रै सार्वजनिक सवारी साधन सञ्चालन हुँदा यात्रुले चर्को भाडा तिर्नु परेको थियो । बैतडीमा वैशाख २० गतेदेखि जारी रहेको निषेधाज्ञा साउन १५ गतेसम्म लम्ब्याइएको छ ।
निषेधाज्ञाको उक्त अवधिमा सबै कार्यालयले सार्वजनिक सेवा नियमित रुपमा प्रवाह हुने छन्, सबै प्रकारका पसल बिहान ६ देखि साँझ ७ बजेसम्म सञ्चालन गरिने भएको छ । व्यापारीको हरेक १५-१५ दिनमा कोरोना परीक्षण विवाह व्रतबन्ध जस्ता धार्मिक कार्य बढीमा २५ जनासम्म उपस्थित हुने र जनस्वास्थ्य मापदण्ड अपनाएर गर्न पाइने छ ।
यस्तै मेला, महोत्सव, सम्मेलन र खेलकुद गतिविधिमा भने रोक लगाइएको छ । भारतसँग सीमा जोडिएका जिल्ला बैतडीमा कोरोनाकै कारण जिल्लाका हालसम्म १८ जनाको मृत्यु भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकको प्रक्षेपण
पुष ६, २०८१ शनिबार