सुजिताको परपुरुषसँग हिमचिम भएको महोत्तरी प्रहरीको दावी हावादारी सावित, यसरी भेटियो शव
नेपालबहस संवाददाता
साउन ४, २०७८ सोमबार २२:२:१८
३ साउन, महोत्तरी । प्रहरीको उदासीनता भयो भने सर्वसाधारणले कसरी दुःख पाउछन भन्ने उदाहरण जिल्ला प्रहरी कार्यालय महोत्तरी र त्यहाँका प्रमुखले गरेको एउटा कमजोरीलाई हेरे पुग्छ । गत जेठ २० गतेदेखि महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हराइरहेकी थिइन् ।
आफन्त र माइती पक्षले उनको हत्या भएको आशंका गरे । धेरै पटक सुजिताका आफन्तहरुले प्रहरीमा छोरीको हत्या भएको गुनासो गर्दै खोजी गरिदिन आग्रह गरेका थिए । तर महोत्तरीका प्रहरी प्रमुख दिनेश आचार्यले यो विषयमा ध्यान दिएका थिएनन् ।
एसपी आचार्यले सुजिताका माइततिरका आफन्तहरुलाई त उनी परपुरुषसँग लागेको सूचना आएको छ, हामी त्यता अनुसन्धान गर्दैछौं, उनी कोही पुरुषसँग भागेकी हुनसक्छिन भनेर टारेका थिए । प्रहरीको यस्तो भनाईपछि सुजिता हराएको भन्दै आफन्तहरुले मधेशी आयोग, महिला अधिकार आयोगलाई समेत आग्रह गरेका थिए ।
ती दुवै आयोगले महोत्तरी प्रहरीलाई खोजविनको लागि पत्राचार गरेको भएपनि महोत्तरी प्रहरीले वेवास्ता गरेको आरोप लागिरहेका बेला गत हप्ताको आइतबार उनै सुजिताको शव प्रहरीले घर नजिकैको सेफ्टी ट्याङ्कीबाट फेला पार्यो । प्रदेश २ प्रहरी कार्यालयका डीएसपी ज्ञानकुमार महताे समेतको टोलीले अनुसन्धान थालेपछि सो शव उत्खनन गर्न प्रहरी सफल भएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौं, जिल्ला प्रहरी कार्यालय चितवनलगायतका स्थानमा बसेर महोत्तरी जिल्ला प्रहरी कार्यालयको प्रमुख भएका आचार्यले गरेको यस्तो कार्यले त्यहाँ जनताले महिला आयोग, मधेशी आयोग धाउनु पर्यो । आफूलाई व्यवसायिक प्रहरी अधिकारीको रुपमा दावी गरेका आचार्यले जुन हर्कत देखाए, त्यसले नेपाल प्रहरीको छविलाई प्रदेश २ मा धुमिल बनाएको भएपनि प्रहरी प्रधान कार्यालय मौन बसेको छ ।
यस सम्बन्धमा महोत्तरी प्रहरी कार्यालयका डीएसपी एवं प्रवक्ता प्रकाश विष्टले प्रहरीलाई प्रहिले त्यस्तै सूचना आएकोले त्यतातर्फ नै ध्यान केन्द्रित गरिएको स्वीकार गरे । ससुरा अझै नभेटिएको बताउँदै उनले प्रहरीले वेवास्ता गरेको भए यस्तो रिजल्ट कसरी आउँछ र ? भन्ने प्रतिप्रश्न गरे । अब कसले के भन्छन् भन्ने बारे प्रहरीको चासो नरहने उनको दावी थियो ।
जिल्ला प्रहरी कार्यालयमा पटक पटक पुगेका सुजिता ठाकुरका माइतीको आवाजलाई एसपी आचार्यले वेवास्ता गरेका थिए । जब प्रदेश प्रहरी कार्यालयबाट अनुसन्धान टोली बन्यो त्यसपछि मात्रै सुजिताको खाजी कार्य शुरु भएको पाइन्छ । प्रहरीले वेवास्ता गरेपछि माइतीतिरका आफन्तहरुले स्थानीय सामाजिक अभियन्ता सरोज राय र गुञ्जा रायसँग सहयोग मागेका थिए ।
उनीहरुले प्रदेश प्रहरीसँग सहयोग मागेका थिए । त्यसपछि मात्रै प्रहरीले सक्रियता बढाएको थियो । ‘जिल्ला प्रहरी कार्यालयमा आफूहरु जाँदा वेवास्ता गर्यो, प्रदेश प्रहरी धाउनु पर्यो, हामीलाई प्रहरीले असहयोग गर्यो’, सुजिताका माइततर्फको आफन्तले आरोप लगाएका थिए । शुरुमै माइतीहरुले हत्या गरेको आरोप लगाएका थिए । तर प्रहरीले वेवास्ता गरेको भन्दै उनीहरुले सामाजिक अभियान्तासँग सहयोग मागेका थिए ।
‘एक–डेढ वर्ष पहिले पनि देवर रुपेशले बहिनीलाई ज्यान मार्ने धम्की दिएको थियो । तकिया मुखमा कोचेर मार्न खोजेको थियो । उनी त्यतिबेला उसकाे हातमा दाँतले टोकेर बाँचेकी थिइन् । तर, सधैँ एकनाश हुँदैन आखिर पापीहरूले मेरो बहिनीको ज्यान लिएरै छाडे,’ सुजिताका दाजु शिवम पाण्डले भने ।
गत जेठ १९ गते रुपेशले शिवमलाई फोन गरेर तपाईंको बहिनी झैं झगडा गर्दैछ । तपाईंहरू आउनुस्, लिएर जानुस् भनेका थिए । तर दाजु लिन जान लागेका बेला आउनु पर्दैन, सबै कुरा मिलिसक्यो भनेर फर्काएका थिए । तर उनीहरुले २० गते राती नै हत्या गरेका थिए । सुजिता सम्पर्कविहीन भएपछि माइती पक्ष बुझ्न जेठ २१ गते भ्रमरपुर पुगेको थियो । ‘तपाईंको छोरी बहिनी अर्कैसँग भागिसक्यो भनेर हामीलाई भने, हामीलाई विश्वास लागेन । बहिनीको कोठामा लगाइएको ताला फोडेर हेयौं, त्यहाँ उनका सामान, लत्ताकपडा, गरहना सबै छँदै थिए,यसले झन् शंका बढायो’, दाजु शिवम पाण्डेले भने ।
सुजितालाई उनकै घर परिवारबाट हत्या गरेको प्रहरीमा उजुरी गरेको भएपनि लामो समय खोजतलासमा आलटाल गरेका थिए । अन्तिममा अनुसन्धानको सुई घरपरिवारतर्फ सोझिएको थियो । प्रहरीले सुजिताको हत्या आरोपमा देवर रुपेश र श्रीमान् मुकेश ठाकुरलाई नियन्त्रणमा लिएको थियो । माइती पक्षले सुजिताको हत्या दाइजोको कारण भएको आरोप लगाएका थिए । तर सुजिताका ससुराले उनकाे परपुरुषसँग हिमचिम भएकाले अरु नै कसैले हत्या गरेको हुनसक्ने भन्दै आएका थिए ।
प्रदेश प्रहरीले चासो दिएपछि मात्र अपराधी पत्ता लगाइएको हो भन्ने आरोपका बारेमा प्रश्न गर्दा प्रवक्ता प्रकाश विष्टले उसैको मातहतमा महोत्तरी प्रहरी पनि भएकोले यसलाई प्रहरीकै कामको रुपमा बुझिदिन आग्रह गरे ।
सुजिताका पति भने सुस्त मनिस्थितिका भएकाले श्रीमतीको हत्या वा अन्य केही भन्ने विषयमा जानकारी दिन र राख्न सक्ने अवस्थामा छैनन् । सुजिताका ९ वर्षकी छोरी र ५ वर्षको छोरा छन् । छोराले आमालाई कुटपिट गरेको भन्ने जानकारी प्रहरीलाई दिएको थियो ।
प्रहरीले पक्राउ गरेकाहरू सुजिताका देवर २९ वर्षीय रूपेश ठाकुर, ३७ वर्षीया बन्डा भनिने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भनिने आदम रइन र ३२ वर्षीय नथुनी मण्डललाई सार्वजनिक गरेको छ । घटनाको ३८ दिनपछि सुजिताको शव बोरामा लुकाएको अवस्थामा घरभन्दा करिब ५ सय मिटर पर सेप्टिक ट्यांकीमा निकै मुनि लुकाएको भेटिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
चीनको सिचुवान एयरलाइन्सको जहाज
पुष ११, २०८१ बिहिबार
विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग
पुष ११, २०८१ बिहिबार
उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण
पुष ११, २०८१ बिहिबार
कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत
पुष ११, २०८१ बिहिबार
छत्रकोटमा जीपलाइन सञ्चालन हुँदै
पुष ११, २०८१ बिहिबार
तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी
पुष ११, २०८१ बिहिबार