प्रधानमन्त्री देउवाले आजै संसदबाट विश्वासको मत लिने
नेपालबहस संवाददाता
साउन ३, २०७८ आइतबार १७:४:१०
३ साउन काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बस्ने संसदबाट विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतको परमादेशअनुसार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आजै विश्वासको मत लिने भएका हुन् ।
प्रधानमन्त्री नियुक्त भएपछि ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएपनि संसद बैठक सुरु भएकै दिन देउवाले विश्वासको मत लिएर राजनीतिक रुपमा बलियो बन्ने संकेत गरेका हुन् । विघटित प्रतिनिधिसभालाई सर्वोच्च अदालतले २८ असारमा पुनर्स्थापना गरेपछि आज संसद बैठक बोलाइएको छ ।
देउवाले प्रधानमन्त्रीमा नियुक्त भएपछि विश्वासको मत लिन हतार नगर्ने प्रतिक्रिया दिंदै आएपनि नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)मा देखिएको चरम विवादले समस्या पार्न सक्ने देखिएको भन्दै संसद सुचारु भएकै दिन विश्वासको मत लिन लागिएको कांग्रेसका नेताहरुको भनाई छ ।
एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षले स्थायी कमिटी बैठक राखेर विश्वासको मत नदिन सांसदहरुलाई निर्देशन दिइसकेको छ । यस्तो अवस्थामा माधवकुमार पक्षबाट भने कुनै प्रतिक्रिया आएको छैन । देउवा सरकारलाई बहुमत प्राप्त गर्न संसदमा १३६ विश्वासको मत चाहिन्छ । स्रोतका अनुसार एमालेमा नेपाल पक्षबाट देउवालाई विश्वासको मत प्राप्त हुने छ भने महत्वपूर्ण मन्त्रालयको पनि जिम्मेवारी दिने तयारी भइरहेको छ ।
देउवालाई आफ्नै पार्टीको ६१, माओवादी केन्द्रका ४९, जसपाको उपेन्द्र यादव पक्षका १७ र राष्ट्रिय जनमोर्चाका एक सांसदको साथ रहेको छ । यी सबै मतको अधारमा देउवालाई बहुमतका लागि आवश्यक पर्ने १३६ मतमा ८ मत पुग्दैन । यो ८ मतको लागि एमालेको नेपाल पक्षीय नेताहरुले साथ दिनेमा देउवा ढुक्क देखिएका छन् । प्रतिनिधिसभा विघटन भएपछि संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च गएका १४६ सांसदमा एमालेको नेपाल पक्षिय २३ जना सांसद सहभागि थिए ।
संसद पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको सर्वोच्चले धारा ७६(५) को प्रधानमन्त्रीका लागि समर्थन गर्दा वा विश्वासको मत दिँदा ह्वीप नलाग्ने र दल त्याग ऐनअनुसार कारबाही गर्न नमिल्ने फैसला गरेपछि नेपाल पक्षीय सांसदहरुलाई देउवाको पक्षमा विश्वासको मत दिन बाटो खुलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअस्पष्ट तस्वीरमा रास्वपाको प्रोपोगान्डा, के हो वास्तविकता ?
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
अस्पष्ट तस्वीरमा रास्वपाको प्रोपोगान्डा, के हो वास्तविकता ?
पुष ४, २०८१ बिहिबार
नृत्य प्रस्तुत गर्दै चिनियाँ कलाकार
पुष ४, २०८१ बिहिबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
पुष ४, २०८१ बिहिबार
बिहीबार तोलामा १७ सयले घटेर १ लाख ४९ हजारमा कारोबार भइरहेको छ सुन
पुष ४, २०८१ बिहिबार
‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार