तालिवानबिरूद्ध रसियाले अमेरिकासँग राखेको यस्तो प्रस्ताव…
नेपालबहस संवाददाता
साउन ३, २०७८ आइतबार १९:२४:१२
३ साउन, एजेन्सी । रूसी अखबार कोमर्सन्टको एक प्रतिवेदनले दावी गरे अनुसार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जुन महिनामा अमेरिकी समकक्षी जो वाइडेनलाई मध्य–एशियामा रहेको रूसी सैन्य अड्डाहरूको प्रयोग गरेर अफगानिस्तानबाट सूचना प्राप्त गर्न प्रस्ताव गरेका थिए ।
यस्तो प्रस्तावका बावजुदपनि गत केही हप्तामा तालिबानी लडाकूहरूले द्रुत गति लिन सक्षम भएपछि रसियाको लागि टाउको दुखाइ भएको छ ।
लगभग २० वर्षको युद्ध पछि अमेरिकी सेना अफगानिस्तानबाट फर्कदै गर्दा, तालिवान लडाकुहरूले विगत केही दिनमा अफगानिस्तानका आधा जिल्लाहरूमध्ये केही प्रमुख चौकीहरूसमेत नियन्त्रणमा लिएको दावी गरेका छन । अर्कोतर्फ रसियालाई डर छ कि यदि तालिबानले यसरी द्रुत गतिमा निरन्तरता दिईरह्यो भने रसियाको दक्षिणी सीमानामा शरणार्थीहरूको संख्या र रक्षा सम्बन्धी चिन्ता बढ्ने छ।
कोमर्सन्टले आफ्नो प्रतिवेदनमा स्रोतको उद्धृत गर्दै भनेको छ कि अमेरिका र रसियाबीचको तनावपूर्ण सम्बन्धको बावजुद जुन १६ मा भएको वार्तामा पुटिनले बाइडेनलाई प्रस्ताव गरे कि उनले रसियाको सेनालाई ताजिकिस्तान र किर्गिजस्तानमा पनि प्रयोग गर्न सक्छन ।
उक्त अखबारले लेखेको छ कि रसियाले अमेरिकालाई ड्रोन प्रयोग गर्ने प्रस्ताव पनि गरेको थियो तर अमेरिकाले यस बारे कुनै ठोस जवाफ दिएन । समाचार एजेन्सी रोयटर्सले यस रिपोर्टमा रूसी सरकारबाट प्रतिक्रिया खोजेको थियो तर उनले यसमा कुनै प्रतिक्रिया पाउ सकेन।
यस महिनाको सुरूमा रायटरले एक रिपोर्ट प्रकाशित गरेको थियो जसमा भनिएको थियो कि बाइडेन प्रशासनले कजाकिस्तान, ताजिकिस्तान र उज्बेकिस्तान सरकारसँग वार्ता गरिरहेको थियो जुन अमेरिकी अभियानमा अमेरिकी सेनालाई सहयोग गर्ने हजारौं अफगानी नागरिकलाई स्वदेश फिर्ता गर्नका लागि पहल गरिएको थियो ।
यो भनिएको छ कि त्यस्ता अफगान व्यक्तिको संख्या १० हजार भन्दा बढी छ जसले अमेरिकी सैन्य अभियानको क्रममा अमेरिकालाई विभिन्न तरिकामा सहयोग पुर्यायो । तर अमेरिकी सैनिकहरू फर्के पछि ती मानिसहरू अहिले तालिवान लडाकुको निशानामा छन् र ज्यान खतरामा छ । त्यसैले अमेरिकाले उनीहरूलाई सहयोग गर्न खोजिरहेको छ ।
बिबिसी हिन्दीबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नृत्य प्रस्तुत गर्दै चिनियाँ कलाकार
पुष ४, २०८१ बिहिबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
पुष ४, २०८१ बिहिबार
बिहीबार तोलामा १७ सयले घटेर १ लाख ४९ हजारमा कारोबार भइरहेको छ सुन
पुष ४, २०८१ बिहिबार
‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार