माधव नेपाल अब एमालेमा रहनुहुन्नः प्रदिप ज्ञवाली
नेपालबहस संवाददाता
साउन ३, २०७८ आइतबार २०:३०:५४
३, साउन, काठमाडौं । नेकपा एमालेको स्थायी समिति बैठक सकिएको छ । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विपक्षमा रहन निर्देशन दिइसकेको छ । पार्टी निर्णयभन्दा बाहिर गएर कुनै सांसदले विश्वासको मत दिए उनिहरु पार्टीमा नरहने प्रवक्ता प्रदिप ज्ञावलीले जानकारी दिएका छन् ।
ज्ञावलीले संचारकर्मीमाझ पार्टी निर्णय सुनाउँदै अब माधव नेपाल एमालेमा नरहने जानकारी दिएका छन् । विश्वासको मतको विपक्षमा मत दिन र पार्टी एकताको विषयमा छलफल गर्न आज बिहान कोटेश्वरस्थित नेपाल निवास गएको प्रसंग झिक्दै ज्ञवालीले भने– ‘पार्टीको नीति विपरित नेता नेपालले एक्लै भएपनि देउवाको पक्षमा मतदान गर्ने बताएकाले अब उहाँ एमाले रहनुभएन ।’
प्रवक्ता ज्ञवालीले माधव नेपाल पक्षलाई विश्वासको मतको विपक्षमा उभ्याउन गरिएको प्रयास असफल भएको भन्दै देउवालाई विश्वासको मत दिने पक्षमा अडान लिएका कारण सिङ्गो एमालेले विपक्षमा मतदान गर्ने परिस्थिति बन्न नसकेको बताए । उनले भने, ‘उहाँले नयाँ कोर्समा अगाडि बढ्ने एक खालको निर्णय गरिसक्नुभएको रहेछ । वहाँ अब एमालेमा रहनुहुन्न ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार
वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह
पुष ४, २०८१ बिहिबार