कांग्रेस संसदीय दलको बैठक सकियो, विश्वासको मत दिने सबैलाई धन्यवाद दिने निर्णय
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
साउन ३, २०७८ आइतबार २१:३८:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/Nepali-Congress_xNwCWslO9r.jpg)
३ साउन, काठमाडौं । विश्वासको मत लिने सन्दर्भमा संघीय संसद नयाँ बानेश्वरमा बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठक भर्खरै सकिएको छ । बैठकले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।
एक घण्टा ढिला गरी सुरु भएको यो बैठक सरकार गठनपछिको पहिलो हो । आज ४ बजे बस्ने संसद बैठकमै शेरबहादुर देउवा नेतृत्वको सरकारले विश्वासको मत लिने तयारी छ ।
सत्तारुढ कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको उपेन्द्र यादव पक्षमा १७ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । जसपाको महन्त ठाकुर पक्षमा लागेर १९ दिन मन्त्री खाएकी रेणु गुरुङसहितका अन्य सांसदहरु पनि आजदेखि उपेन्द्र समुहमा खुलेका छन् । त्यसैले यो समुहको सांसद संख्या थप बढ्ने भएको छ ।
एमालेको माधव नेपाल समूहका हस्ताक्षर गर्ने २३ जना सांसदसहित अरुले पनि मत दिने संभावना छ । एमाले फूटको संघारमा पुगेका बेला देउवालाई एमालेका करिब ५० जनाले मतदान गर्ने संभावना रहेको बताइएको छ । हिजोका दिनमा केपी ओलीकै पक्षमा खुलेका कतिपय सांसद पनि पछिल्लो समय माधव समुहमा देखा पर्न थालेका छन् ।
बैठकले विश्वासको मत दिने नेकपा माओवादी केन्द्र, नेकपा एमालेका सांसदहरू, जनता समाजवादी पार्टी (उपेन्द्र यादव) पक्ष, राष्ट्रिय जनमोर्चाका सांसदहरुलाई धन्यवाद दिने पनि निर्णय गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसद्मा विश्वासको मत लिँदैछन् । कांग्रेस सचेतक पुष्पा भुसालले आजको बैठकमा पार्टीका सबै सांसदहरुलाई अनिवार्य उपस्थित निर्देशन पनि दिएको जानकारी दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार