एमाले नेता भीम रावलद्वारा सांसद पदबाटै राजीनामा
नेपालबहस संवाददाता
साउन ३, २०७८ आइतबार २२:४:०
३, साउन, काठमाडौं । एमालेका दोस्रो तहका नेता एवं उपाध्यक्ष भीम रावलले सांसद पदबाटै राजीनामा दिएका छन् । उनले पार्टी भित्र देखिएको आन्तरिक विवाद र किचलोका कारण राजीनामा दिएका हुन् ।
रावलले उच्च राजनीतिक तहमा अनैतिक गतिविधि देखिएको भन्दै आफू देश र जनविरोधी राजनीतिको मतियार नहुने प्रष्ट पार्दै राजीनामाको घोषणा गरेका हुन् ।
माधव नेपाल पक्षबाट पार्टी विवाद समाधान गर्न गठन गरिएको कार्यदलका संयोजकसमेत रहेका रावल पछिल्लो पटक प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट रहेका थिए ।
नेपाल पक्षका अन्य सांसदहरुले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने तयारी गरेपनि रावलले यसप्रति असन्तुष्टि जनाउँदै सांसद पदबाटै राजीनामा दिएका हुन् । रावल अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार
वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह
पुष ४, २०८१ बिहिबार