जगदम्बा स्टिल्सले ७ सय करोडको लागतमा शुरु गर्यो जस्तापाता उत्पादन
नेपालबहस संवाददाता
साउन ३, २०७८ सोमबार ०:५:२२
३ साउन, काठमाडौं । बाराको सिमरामा रहेको जगदम्बा स्टिल्स उद्योगले सात सय करोडको लागतमा जस्तापाता उद्योग निर्माण गरी सञ्चालनमा ल्याएको छ । उद्योगले बजारको माग अनुसार रङ्गीन र सादा दुवै किसिमका जस्तापाता उत्पादन शुरु गरेको जनाइएको छ ।
सिमरामा फलामे छड (डण्डी) उत्पादन गर्दै आएको यस उद्योगले आजदेखि जस्तापाता उत्पादन र बिक्री शुरु गरेको हो । शङ्कर समूहद्वारा सञ्चालित उक्त उद्योगले अत्यन्त आधुनिक प्रविधिबाट जगदम्बा (सुपर साइन) रङ्गीन जस्तापाता तथा जगदम्बा (ग्याल्भप्लस) सादा जस्तापाता उत्पादन शुरु गरेको समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालले जानकारी दिए ।
उद्योगको डिजाइन र मेसिन जडानलगायत प्राविधिक कार्य कमिसनिङ कम्पनीका उपाध्यक्ष प्रभात मिश्रले गरेको बताइएको छ । नेपालको पहिलो पूर्ण स्वाचालित गाल्भ्युलाइन प्रविधिबाट ठुलो मात्रामा उत्पादन हुने रङ्गीन जस्तापाता र सादा जस्तापाता अन्य साधारण जस्तापाताको तुलनामा अत्यधिक मजबुत, भरपर्दो तथा टिकाउ रहेको उद्योगले दावी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
नेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
बाँकेका एक हजार पाँच सय ८८ बालबालिका कुपोषणका फेला
पुष १०, २०८१ बुधबार
टर्कीएमा बस दुर्घटना हुँदा २६ विद्यार्थी घाइते
पुष १०, २०८१ बुधबार