मेलम्ची प्रभावितलाई सीएसआरसीले दियो खाद्य भौचर
नेपालबहस संवाददाता
साउन ३, २०७८ सोमबार ०:२५:२०
३ साउन, सिन्धुपाल्चोक । बाढी पहिरो विपद् प्रतिकार्य कार्यक्रमअन्तर्गत मेलम्ची नगरपालिकाको व्यवस्थापनमा बाढी तथा पहिरो प्रभावित परिवारलाई आपत्कालीन सामग्रीको खाद्य भौचर सहयोग गरिएको छ ।
केएर नेपाल, पिपुल इन निड, सामुदायिक आत्मनिर्भता केन्द्रको सहयोगमा सो भौचर वितरण गरिएको हो । इन्द्रेश्वरी माविमा भएको कार्यक्रममा रु पाँच हजार ५०० बराबरको खाद्य भौचर वितरण गरिएको हो ।
सो रकमले जिरा मसिनो चामल, आयोडिन नुन, चना, मासको दाल, मुसुरोको दाल, तोरिको तेल, चिउरा र चिनीलगायत खाद्य सामग्री खरिद गर्नुपर्ने छ । यी सामानमध्ये आफूलाई अति आवश्यक परेको कुनै सामग्री भए मात्रा घटबढ गरेर किन्न पाइने सामुदायिक आत्मनिर्भता केन्द्रका सहजकर्ता भूपेन्द्र थापाले जानकारी दिए ।
आज दनुवार बस्ती र अन्य समुदायका २४ घरधुरीलाई नगरपालिकाका उपप्रमुख भगवती नेपालको उपस्थितिमा भौचर वितरण गरिएको होे । बाँकी १५६ घरधुरीलाई क्रमशः वितरण गरिने थापाले जानकारी दिए।
त्यस्तै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरीलाई पोषणयुक्त खानाका लागि रु चार हजार ५०० बराबरको खाद्य भौचर वितरण गरिने केन्द्रका कार्यकारी निर्देशक जगत बस्नेतले जानकारी दिए ।
हेलम्बु गाउँपालिकाका ३० र मेलम्चीका २५ घरधुरीलाई पोषण भौचर वितरण गरिने बस्नेतले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदुरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प
असोज २, २०८१ बुधबार
लगातारको वर्षापछि महाकाली नदीको जलसतह उच्च
भदौ २८, २०८१ शुक्रबार
बागलुङमा बाढीपहिरोमा अठार जनाको मृत्यु, २२ घाइते
भदौ २७, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार