वालिङ नगर उपप्रमुख कल्पना तिवारीलाई पितृशोक
नेपालबहस संवाददाता
साउन १, २०७८ शनिबार ०:२८:३७
१ साउन, स्याङजा । वालिङ नगर उपप्रमुख कल्पना तिवारीलाई पितृशोक परेको छ । तिवारीका पिता भीमलाल तिवारीको शुक्रवार बिहान ७१ वर्षको उमेरमा वालिङमा निधन भएको हो ।
यसअघि कुनैपनि किसिमको स्वास्थ्य समस्या नभएता पनि पिताको शुक्रवार बिहान हृदयघातका कारण निधन भएको पारिवारिक भनाई छ । स्वर्गीय तिवारीका वालिङ नगर उपप्रमुख एवं नेपाल महिला संघ जिल्ला अध्यक्ष कल्पना तिवारीसहित दुई छोरी र तीन छोरा छन् ।
स्वर्गीय तिवारीको शवलाई शुक्रवार नै रामनदीधाम राम्दीमा अन्त्येष्टि गरिएको छ । यसैबीच वालिङ नगर उपप्रमुख कल्पना तिवारीका पिता भीमलाल तिवारीको निधनप्रति वालिङ नगरपालिकाले दुःख ब्यक्त गरेको छ ।
नगर प्रमुख दिलीपप्रताप खाँणले एक शोक वक्तब्य जारी गर्दै तिवारीको निधनले एक असल अभिभावक गुमाएको उल्लेख गरेका छन् । तिवारीको निधनप्रति दुःख ब्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरुन् भनी समवेदना प्रकट गरिएको उल्लेख छ ।
स्वर्गीय तिवारीको अन्तिम दाहासंस्कार गर्नु अघि नेपाली कांग्रेस स्याङ्जाले नेपाली कांग्रेसको चारतारे झण्डा ओढाएर शोक व्यक्त गरिएको थियो । उक्त शोकसभामा नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर उर्फ कुमार राना, नेपाली कांग्रेसका महासमिति सदस्य भोजराज अर्याल, गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्ल, वालिङ नगर प्रमुख दिलिपप्रताप खाँया लगायतले चारतारे झण्डा ओढाएर तिवारीको अन्तिम विदाई गरेका थिए ।
तिवारीको निधनले असल र निष्ठावान एक अभिभावक गुमाएको नेपाली कांग्रेसले जनाएको छ । निधनप्रति दुःख प्रकट गर्दै नेपाली कांग्रेस स्याङ्जासहित वालिङ उद्योग वाणिज्य संघले शोकसभाको आयोजना गरेका थिए ।
झण्डै दुई बर्ष अगाडी उपप्रमुख तिवारीलाई मातृशोक परेको थियो । दुई बर्षको अन्तरालमा उपप्रमुख तिवारीले मातापिता गुमाएकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
मंसिर १३, २०८१ बिहिबार
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
पेरुको मरुभूमिमा भेटियो एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष
मंसिर १३, २०८१ बिहिबार
स्वर्णलक्ष्मी सहकारीको १ अर्ब ११ करोड ठगी, बयान लिन रविलाई आज साँझ काठमाडौं ल्याइँदै
मंसिर १३, २०८१ बिहिबार