नवलपरासीमा लक्ष्यभन्दा १८ प्रतिशत कम राजस्व संकलन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
साउन ४, २०७८ सोमबार २०:७:२१
![](https://nepalbahas.prixacdn.net/media/albums/rajaswo_ldgPmQWB9s.jpg)
◊टेकराज पोखरेल
४ साउन, नवलपुर । आन्तरिक राजश्व कार्यालय कावासोती नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यभन्दा करीब १८ प्रतिशत कम राजस्व संकलन गरेको छ ।
कार्यालयले २०७८ असार मसान्तसम्म रु २० अर्ब ३० करोड ९४ लाख ४० हजार राजस्व संकलन गर्ने लक्ष्य पाएकामा रु १६ अर्ब ६१ करोड ५९ लाख ३७ हजार मात्रै राजस्व सङ्कलन गर्न सफल भएको कार्यालयका सूचना अधिकारी अमृत अधिकारीले जानकारी दिए । उनका अनुसार कार्यालयले राजस्व संकलनमा ८१ दशमलब ८१ प्रतिशत मात्रै प्रगति हासिल गरेको हो । कार्यालयले संकलन गरेको राजश्व रकम लक्ष्यभन्दा रु तीन अर्ब ६९ करोड ३५ लाख तीन हजार अर्थात १८ दशमलब १९ प्रतिशतले थोरै हो ।
आन्तरिक राजश्व कार्यालय कावासोतीले आय कर र मूल्य अभिवृद्धिकरमा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको भए पनि अन्तःशुल्कमा कम राजश्व संकलन हुँदा लक्ष्यअनुसार प्रगति भेटाउन नसकेको अधिकारीले बताए । कार्यालयले आय करतर्फ रु ४६ करोड ३६ लाख ५१ हजार राजश्व संकलन गर्ने वार्षिक लक्ष्य राखेकामा रु ६१ करोड ५९ लाख ६३ हजार संकलन गर्न सफल भएको उहाँले बताउनुभयो । आयकरमा संकलन भएको राजश्व लक्ष्यभन्दा ३२ प्रतिशतले बढी हो ।
त्यस्तै मूल्य अभिवृद्धि करतर्फ लक्ष्यभन्दा ७६ प्रतिशत बढी राजश्व संकलन भएको अधिकारीले बताए । उनका अनुसार मूल्य अभिवृद्धि कर शीर्षकमा रु २२ करोड चार लाख ४० हजार राजश्व संकलन गर्ने वार्षिक लक्ष्य रहेकामा रु ३९ करोड ८५ हजार राजश्व संकलन भएको छ । कार्यालयले अन्तःशुल्कमा भने लक्ष्यभन्दा करीब २० दशमलब ४६ प्रतिशत कम राजश्व सङ्कलन गरेको अधिकारीले बताए ।
“हामीले अन्तःशुल्कमा रु १९ अर्ब ६२ करोड ५३ लाख ४९ हजार राजश्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखेका थियौँ, तर रु १५ अर्ब ६० करोड ९८ लाख ८९ हजार मात्रै राजश्व संकलन भएको छ”, अधिकारीले भने, “लक डाउन र निषेधाज्ञाका कारण औद्योगिक प्रतिष्ठानले बजारमा बियर र मदिरा बिक्रीवितरण गर्न नसकेका कारणले राजश्व संकलनमा कमी आएको हो ।” अन्तःशुल्कमा लक्ष्यअनुसारको प्रगति भेटाउन नसकेपछि अन्य शीर्षकमा बढी राजश्व संकलन भए पनि वार्षिक लक्ष्य भेटाउन नसकिएको अधिकारीको भनाइ छ ।
आर्थिक वर्ष २०७७/७८ मा आय करतर्फ सबैभन्दा धेरै कर तिर्ने करदाताको रुपमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्था रहेको अधिकारीले जानकारी दिए । “गत वर्ष इन्फिनिटी लघुवित्तले रु पाँच करोड ७८ लाख ५७ हजार राजश्व बुझाएको छ”, अधिकारीले भने, “त्यसैगरी दोस्रो नम्बरमा विजय लघुवित्तले रु पाँच करोड ६० लाख १३ हजार राजश्व बुझाएको छ ।”
आन्तरिक राजश्व कार्यालय कावासोतीमा अन्तःशुल्कतर्फ सबैभन्दा बढी राजश्व बुझाउने उद्योगमा गोर्खा ब्रुअरी प्रालि रहेको छ । गोर्खा ब्रुअरीले एक वर्षको अवधिमा रु १० अर्ब १० करोड ४६ लाख २४ हजार राजश्व बुझाएको अधिकारीले बताए ।
त्यस्तै चौधरी ग्रुपको सिजी ब्रुअरी प्रालिले रु चार अर्ब २८ करोड ५९ लाख १९ हजार, चौधरी ग्रुपकै सिजी फुड्स प्रालिले रु ७२ करोड ९६ लाख आठ हजार, सुमी डिस्टिलरी प्रालिले रु २४ करोड ८७ लाख ३० हजार, नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम् सिमेन्ट प्रालिले रु १५ करोड ८७ लाख १२ हजार तथा देवचुली डिस्टिलरी प्रालिले रु १० करोड २१ लाख ५० हजार राजश्व बुझाएका अधिकारीले जानकारी दिए ।
अघिल्लो आर्थिक वर्ष २०७६/७७ सम्म नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का करदाताले आन्तरिक राजश्व कार्यालय भरतपुर चितवनमा कर बुझाउँदै आएका थिए । गत वर्षको साउन १ गतेदेखि भने जिल्लाकै कावासोतीमा आन्तरिक राजश्व कार्यालय स्थापना भएपछि जिल्लाभित्रका सबै करदाताले यही कार्यालयमा राजश्व बुझाउन थालेका हुन् ।
विसं २०७८ असार मसान्तसम्म जिल्लामा आयकर बुझाउने करदाता २२ हजार १०२, मूल्य अभिवृद्धि कर बुझाउने करदाता दुई हजार ७४९, अन्तःशुल्क बुझाउने करदाता दुई हजार ८३, सरकारी कार्यालयहरु ५६ तथा व्यक्तिगत पान नम्बर लिने १५ हजार ९५७ पुगेका आन्तरिक राजश्व कार्यालय कावासोतीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा
माघ २२, २०८१ मंगलबार
संघीय प्रहरी ऐनः नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २९, २०८१ मंगलबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
अब अबुधाबीबाट पनि श्रम स्वीकृति
फागुन २, २०८१ शुक्रबार
फेमेखोलामा पुल निर्माण गर्न फिदिम नगरपालिकाको माग
फागुन २, २०८१ शुक्रबार
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमा दोस्रो
फागुन २, २०८१ शुक्रबार
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक
फागुन २, २०८१ शुक्रबार
शिक्षकको अभाव टार्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
फागुन २, २०८१ शुक्रबार
डान्सबारमा कुटपिट हुँदा एक जनाको मृत्यु, ३ जना पक्राउ
फागुन २, २०८१ शुक्रबार
अब अबुधाबीबाट पनि श्रम स्वीकृति
फागुन २, २०८१ शुक्रबार
फेमेखोलामा पुल निर्माण गर्न फिदिम नगरपालिकाको माग
फागुन २, २०८१ शुक्रबार
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमा दोस्रो
फागुन २, २०८१ शुक्रबार
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक
फागुन २, २०८१ शुक्रबार
शिक्षकको अभाव टार्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
फागुन २, २०८१ शुक्रबार
डान्सबारमा कुटपिट हुँदा एक जनाको मृत्यु, ३ जना पक्राउ
फागुन २, २०८१ शुक्रबार
अब अबुधाबीबाट पनि श्रम स्वीकृति
फागुन २, २०८१ शुक्रबार
फेमेखोलामा पुल निर्माण गर्न फिदिम नगरपालिकाको माग
फागुन २, २०८१ शुक्रबार
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमा दोस्रो
फागुन २, २०८१ शुक्रबार
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक
फागुन २, २०८१ शुक्रबार