सार्वजनिक खरिद ऐन विपरित करोडौंको टेण्डर स्वीकृत, घोटाला भएको भन्दै अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
साउन ४, २०७८ मंगलबार ०:२७:३९
४ साउन, काठमाडौं । जिल्ला अस्पताल संखुवासभालाई आवश्यक स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अस्पताल प्रशासन र सामान आपुर्ति गर्ने कम्पनी बीच मिलेमतो भएको पाइएको छ ।
झण्डै तीन करोडको लागतमा भेन्टिलेटर र आईसीयु वार्डका सामग्री आपुर्तिका लागि भएको टेण्डर स्वीकृतिमा अस्पताल प्रशासन र सामान आपूर्तिकर्ता कम्पनीबीचको मिलेमतो भएको पाइएको छ । यो टेण्डर प्रक्रियामा खरिद ऐनको प्रावधान उल्लंघन भएको भन्दै आवश्यक छानविन र कार्वाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत विभिन्न सरोकारवाला निकायमा उजुरी परेपछि त्यहाँ भएको अनियमितताको रहस्य खुलेको हो ।
भेन्टिलेटर र आईसीयु वार्डका सामग्री खरिद गर्न भन्दै जिल्ला अस्पताल संखुवासभाले २०७८ जेठ १६ गते काठमाडाैंबाट प्रकाशन हुने मध्यान्ह दैनिक पत्रिकामा बोलपत्र आह्वान सम्बन्धी सूचना प्रकाशन गरेको थियो । सो सूचना अनुसार मेनका इन्टरप्राइजेज प्रा.लि, र्यापिड टेडर्स, प्रोफेसनल मार्केटिङ प्रा.लि., युनाइटेड मेडिकल डिभाइस प्रा.लि. र द मेडिकल सोलुशन प्रा.लि. गरी पाँच वटा कम्पनीले बोलपत्र पेश गरेका थिए ।
उक्त सूचनामा भ्याट बाहेक २ करोड ६० लाख ५३ हजार १ सय १० रुपैंयाको सीमामा रही आपूर्ति मूल्य घटाघटबाट भेन्टिलेटर र आईसीयु वार्डका सामग्री आपूर्ति गर्न योग्यता पुगेका कम्पनीहरुलाई बोलपत्र पेश गर्न आह्वान गरिएको थियो ।
उक्त बोलपत्रदाता कम्पनीहरुमध्ये ¥यापिड टेडर्सले सूचना बमोजिमको सामान आपूर्ति गर्न सबैभन्दा बढी रकम २ करोड ८८ लाख ५१ हजार १ सय ९३ रुपैया ९ पैसाको बोलपत्र पेश गरेको थियो भने मेनका इन्टरप्राइजेज प्रा.लि.ले सबैभन्दा कम २ करोड ५३ लाख ७० हजार ७ सय ६० रुपैंयाको बोलपत्र पेश गरेको थियो ।
सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा कम मूल्य कबोल गर्ने आपूर्तिकर्ता मेनका इन्टरप्राइजेज प्रा.लि.ले स्वीकृति पाउनु पर्ने थियो । तर जिल्ला अस्पताल संखुवासभाले २०७८ असार २८ गते मध्यान्ह दैनिकमा नै प्रकाशित बोलपत्र स्वीकृत गर्ने आशयको अर्को सूचना प्रकाशन गर्दै सामान आपूर्ति गर्न सबैभन्दा बढी रकमको बोली लगाउने र्यापिड ट्रेडर्सलाई योग्य ठह¥याई स्वीकृतिका लागि सिफारिस गरेको छ ।
अस्पताल प्रशासनले भेन्टिलेटर र आईसीयुका सामग्रीहरुको स्पेसिफिकेसन निर्माण र टेण्डर स्वीकृतिका लागि बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरीलाई जिम्मेवारी दिएको थियो । इन्जिनियर चौधरी काठमाडौंको शिक्षण अस्पतालका जागिरे हुन् ।
उनले पनि यो टेण्डर प्रक्रियामा एकपटक पनि संखुवासभा नै नआई काठमाडौंमा नै बसेर सम्पूर्ण कागजपत्र र स्पेसिफिकेसन तयार गर्नेदेखि टेण्डर स्वीकृतका लागि सिफारिस गरेको देखिन्छ । यस विषयमा इन्जिनियर चौधरीले आफूले काठमाडौंमा नै बसेर सबै काम गरेको स्वीकार गर्दै आफूले तयार गरेको स्पेसिफिकेसन अनुसार गुणस्तरीय स्वास्थ्य सामग्रीको वोलपत्रलाई स्वीकृत गर्न सिफारिस गरेको दावी गरे ।
अस्पताल प्रशासनको यो नियत सार्वजनिक भएपछि अन्य कम्पनीहरुले बोलपत्र स्वीकृत गर्ने आशय पत्रको पुनरावलोकन गरि पाउँ भनी सम्बन्धित निकायहरुमा उजुरी दिएका छन् ।
यस विषयमा अस्पताल प्रशासनसँग सम्पर्क राख्दा अन्य कम्पनी भन्दा र्यापिड ट्रेडर्स सामान आपूर्ति गर्न योग्य भएको भन्दै पन्छिएको छ ।अस्पतालका क्रियाकलाप सम्बन्धी सूचनाहरु सामान्यतः अस्पतालको सूचना पाटीमा समेत टाँस भएको हुनुपर्नेमा बोलपत्र आह्वान र बोलपत्र स्वीकृत गर्ने आशयको सूचना दुवै अस्पतालको सूचना पाटीमा देखिदैन ।
कामु मेडिकल डाईरेक्टर डा. श्यामसुन्दर झासँग सम्पर्क राख्दा पहिले त यो हल्ला र ¥यूमर मात्र हो भन्दै पन्छिए । तर नेपालबहसले के हो वास्तविकता भन्ने प्रश्नमा जोड गरेपछि भने डा. झाले अख्तियारमा उजुरी परिसकेकाले उसले छानविन गरेपछि आफै क्लियर हुने बताए ।
खरिद प्रक्रियामा आफ्नो मात्र हात नहुने जानकारी दिदै उनले डाक्टरको संयोजकत्वमा गठित खरिद उपसमितिले सबै प्रक्रिया हेरेपछि अस्पताल विकास सञ्चालन समितिमा सिफारिस गर्ने प्रावधान रहेको बताए । सो समितिमा डाक्टर, नर्स, लेखापाल लगायतको प्रतिनिधित्व रहेका जनाउँदै उनले अस्पताल सञ्चालक समितिमा जिल्लाका सबै भीआईपीहरु रहेकोले उनीहरु कै निर्णय अन्तिम हुने दावी गरे । “मैले व्यक्तिगत रुपमा निर्णय गर्ने होइन । म त अन्तमा सबैले सिफारिस गरेपछि सही गर्ने हो ।” उनले भने ।
सार्वजनिक खरिद ऐन विपरितको सो निर्णयप्रति असंन्तुष्ट जस्तो लाग्ने भावमा उनले भने, “सबैको लेखाजोखा गर्ने जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा समिति छ । जसमा सिडियो, डीएसपी, नगरपालिका प्रमुख, उधोग वाणिज्य संघका अध्यक्ष, रेडक्रससहित प्रदेश सरकारबाट मनोनित ५ जना गरी १३ जनाको अस्पताल सञ्चालक समिति रहेको छ । उनीहरुले जे सिफारिस र निर्णय गर्छन, त्यही नै आफूले सदर गरेको हुँ ।”
सञ्चालक समितिप्रति सबै दोष थोपर्दै उनले भने, “मलाई सोधेर केही हुनेवाला छैन् । अहिले धेरै कुरा नगराैं, अख्तियारले छानविन गरेको विषय हो ।” के समितिका पदाधिकारीले गलत निर्णय गरेपनि तपाईले सही गर्नुहुन्छ र भन्ने प्रश्नमा उनले समिति नै सबै भएको दावी गरे । उनले भने “ मेरो केही लागेन ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
बिर्सिन नसकिने प्रतियोगिता एनपिएल क्रिकेट
पुष ७, २०८१ आइतबार
हिउँ बिनाको सिस्ने हिमाल
पुष ७, २०८१ आइतबार
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार, एक जना सामान्य घाइते
पुष ७, २०८१ आइतबार
लमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार