कास्कीमा लक्ष्यभन्दा तीन प्रतिशत कम राजस्व संकलन
नेपालबहस संवाददाता
साउन ५, २०७८ मंगलबार १७:३५:१२
५ साउन, कास्की । आन्तरिक राजश्व कार्यालयले गत आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य भेट्टाउन सकेन । राजस्व संकलन सन्तोषजनक रहे पनि कोरोना महामारी रोकथामका लागि जारीे निषेधाज्ञाले असर पारेका कारण निर्धारित लक्ष्यमा पुग्न नसकिएको उक्त कार्यालयले जनाएको छ । कास्की र स्याङ्जा कार्यक्षेत्र रहेको सो कार्यालयले लक्ष्यभन्दा तीन प्रतिशत कम राजश्व उठाएको हो ।
गत आवमा रु चार अर्ब ८२ करोड २७ लाख ८५ हजार राजस्व उठाउने लक्ष्य लिइएकामा रु चार अर्ब ६७ करोड ८५ लाख ९५ हजार संकलन भएको कार्यालयका सूचना अधिकारीसमेत रहेका कर अधिकृत विजयप्रसाद लामिछानेले जानकारी दिए । उनका अनुसार ९७ दशमलव एक प्रतिशत राजस्व जम्मा भएको छ ।
उक्त कार्यालय आव २०७६/७७ को तुलनामा भने राजस्व कलनको लक्ष्य नजीक पुगेको छ । सो आवमा रु पाँच अर्ब ६१ करोड ६७ लाख राजस्व उठाउने लक्ष्य रहेकामा रु चार अर्ब तीन करोड ११ लाख मात्र संकलन भएको थियो । जुन लक्ष्यभन्दा २९ प्रतिशत न्यून थियो । कर अधिकृत लामिछानेले राजश्व संकलन सन्तोषजन रहेको बताए । उनले भने, “राजश्वको शत्प्रतिशत लक्ष्य पूरा नभए पनि लक्ष्यको नजीक पुग्न सफल भयौँ । भुक्तानी टिडिएसहरु समयमै दाखिला नभएको र कोरोनाका कारण व्यापार–व्यवसायमा समेत असर पुगेकाले राजश्वमा केही कम भएको हो ।”
आव २०७७/७८ मा आयकरतर्फ रु दुई अर्ब ८५ करोड राजश्व संकलन भएको छ । जुन लक्ष्यभन्दा बढी हो । रु दुई अर्ब ७७ करोड ८६ लाख आयकरबाट राजश्व उठाउने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।
यसैगरी मूल्य अभिवृद्धि करबाट रु एक अर्ब २९ करोड २० लाख, अन्तःशुल्कबाट रु १९ करोड ८५ लाख ६३ हजार, करको ब्याजबाट रु २८ करोड पाँच लाख ८६ हजार, घरभाडा करबाट रु पाँच करोड ५४ लाख ९६ हजार, स्वास्थ्य सेवा करबाट रु १२ लाख २२ हजार र शिक्षा करबाट रु चार लाख ५३ हजार राजश्व दाखिला भएको सूचना अधिकारी लामिछानेले जानकारी दिए ।
तीस हजार ८०० करदाता थपिए
उक्त कार्यालयमा गत वर्षमा ३० हजार ८९२ करदाता थपिएका थिए । आव २०७६/७७ को असार मसान्तसम्म एक लाख ३४ हजार ६७० करदाता भएकामा गत आवमा ३० हजार ८९२ करदाता बढेर एक लाख ६५ हजार ५६२ पुगेका हुन् । गत असार मसान्तसम्म व्यक्तिगत प्यानमा एक लाख नौ हजार ३५२ र व्यावसायिक प्यानमा ५६ हजार १५८ करदाता दर्ता भएको राजश्व कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा
माघ २२, २०८१ मंगलबार
संघीय प्रहरी ऐनः नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २९, २०८१ मंगलबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक
फागुन २, २०८१ शुक्रबार
आज कोशी र गण्डकी प्रदेशको मौसम आंशिक बदली हुने
फागुन २, २०८१ शुक्रबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
फागुन २, २०८१ शुक्रबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
फेमेखोलामा पुल निर्माण गर्न फिदिम नगरपालिकाको माग
फागुन २, २०८१ शुक्रबार
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमा दोस्रो
फागुन २, २०८१ शुक्रबार
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक
फागुन २, २०८१ शुक्रबार
आज कोशी र गण्डकी प्रदेशको मौसम आंशिक बदली हुने
फागुन २, २०८१ शुक्रबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
फागुन २, २०८१ शुक्रबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
फेमेखोलामा पुल निर्माण गर्न फिदिम नगरपालिकाको माग
फागुन २, २०८१ शुक्रबार
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमा दोस्रो
फागुन २, २०८१ शुक्रबार
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक
फागुन २, २०८१ शुक्रबार
आज कोशी र गण्डकी प्रदेशको मौसम आंशिक बदली हुने
फागुन २, २०८१ शुक्रबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
फागुन २, २०८१ शुक्रबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार