सूर्य नेपाल प्रा.लिद्वारा तनहुँका दुई पालिकालाई ५० लाखको सहयोग प्रदान
नेपालबहस संवाददाता
साउन ५, २०७८ मंगलबार १७:४६:४२
५ साउन, काठमाडौं । सूर्य नेपाल प्रा.लि.ले तनहुँको शुक्लागण्डकी नगरपालिका तथा म्याग्दे गाउँपालिकाको “कोभिड–१९ प्रकोप व्यवस्थापन कोष” मा क्रमश रु. तीस लाख र रु. बीस लाख गरी जम्मा रु. ५० लाख रुपैंयाँको सहयोग प्रदान गरेको छ ।
हिजो एक कार्यक्रमका बीच सूर्य नेपाल प्रा.लि.को शेराटार (तनहुँ) स्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले सो रकम हस्तान्तरण गरेका हुन् । कारखाना प्रबन्धक बाबुराम कार्कीले सूर्य नेपाल प्रा.लि.ले यस क्षेत्रमा गर्दै आएको बिभिन्न सहयोगको चर्चा गर्दै भविष्यमा पनि सहयोग जारी रहने कुरा उल्लेख गरे ।
कम्पनीको मानव संसाधन विभागका अञ्जन दुवाडीले यस क्षेत्रको दीर्घकालिन बिकासको लागि स्थानीय निकायसँग सहकार्य गर्दै अघि बढ्न सूर्य नेपाल प्रा.लि. सदैव तयार रहेको जानकारी दिएका थिए ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिका तथा म्याग्दे गाउँपालिका प्रमुख, उप–प्रमुख तथा प्रमुख कार्यकारी अधिकृतहरुले सूर्य नेपाल प्रा. लि ले यस क्षेत्रको सामाजिक आर्थिक बिकासमा गरेको योगदानको उच्च प्रशंसा गर्दै भविष्यमा पनि यस्तै प्रकारको सहयोगको अपेक्षा समेत गरे ।
सूर्य नेपाल प्रा.लि.ले गतवर्ष पनि शुक्लागण्डकी नगरपालिका तनहूँको “कोभिड–१९ प्रकोप व्यवस्थापन कोष” मा रु. दश लाख तथा सात वटै प्रदेशमा कोभिड विरुद्धको लडाईंमा सहयोग प¥याउन रु. एक–एक करोड रकम प्रदान गरेको थियो । सूर्य नेपाल प्रा.लि.ले यस क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।
कम्पनीले गत आ.व. मा पनि म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकालाई १–१ थान एम्बुलेन्स प्रदान गरेको थियो । त्यस्तै कोभिड–१९ को रोकथाम तथा उपचारको लागि यस क्षेत्रका बिभिन्न अस्पतालहरु तथा स्थानियबासीहरुलाई विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरी कोभिड–१९ को महामारी बिरुद्धको लडाईंमा सहयोग गर्दै आईरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार
डडेल्धुरामा जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार