माछापुच्छ्रे बैंकको छैटौं एक्सटेन्सन काउन्टर वालिङ मालपोत कार्यालयमा
नेपालबहस संवाददाता
साउन ५, २०७८ बुधबार ०:४२:५६
५ साउन, स्याङ्जा । मालपोत कार्यालय वालिङमा माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर शुरु भएको छ । राजस्व संकलनदेखि सर्वसाधरणलाई बैकिङ सेवाका लागि सहज बनाउन एक्सटेन्सन काउन्टर संचालनमा ल्याइएको हो ।
मालपोत कार्यालयमा सेवाग्राहीलाई क्यासलेस बनाउन कार्यालयमा बैकिङ सेवा शुरु गरिएको मालपोत कार्यालय वालिङले जनाएको छ । झण्डै दुईबर्ष अगाडिदेखि स्याङ्जा मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर शुरु गरेर सेवा प्रवाह गरेको माछापुच्छ्रे बैंकले वालिङ मालपोतबाट पनि काउन्टर संचालनमा ल्याएर सेवा प्रवाह शुरु गरेको हो ।
बैंकको एक्सटेन्सन काउन्टर वालिङ नगर प्रमुख दीलिपप्रताप खाँणले उद्घाटन गरेर शुभारम्भ गरेका छन् । काउन्टर उद्घाटन गर्दै नगर प्रमुख खाँणले नाफा भन्दा पनि नागरिकलाई सेवा प्रवाहमा ध्यान दिन आग्रह गरे । सेवा प्रवाहबाट सेवाग्राही खुशी हुनुपर्छ, नगर प्रमुख खाँणले भने, ‘सेवा राम्रो भयो भने नाफा आफै हुनेछ ।’ बैंक आफैमा नाफामुलक संस्था भएपनि नागरिकलाई सहज र सरल वातावरणमा सेवा प्रवाहमा ध्यान दिनुपर्छ, उनले भने ।
वालिङ बैकिङ सेवाका लागि हब बनेको भन्दै नगर प्रमुख खाँणले सेक्युरिटी पार्टमा पनि ध्यान दिन बैंकलाई सुझाव दिए । अहिलेसम्म बैकिङ सेक्युरिटीमा कुनै घट्ना नभएपनि अनलाईन सेवा प्रवाहमा नागरिकलाई चनाखो बनाउन बैंक लाग्नुपर्नेमा जोड दिए । मालपोत कार्यालयले बैंक संचालनमा ल्याएर नागरिकलाई थप सुविधा उपलब्ध भएको उनको भनाई थियो ।
देशभरी संचालनमा ल्याइएको एक्सटेन्सन काउन्टर मध्ये बैंकको यो छैटौं रहेको बैंकले जनाएको छ । काउन्टर उद्घाटनमा मालपोत कार्यालय वालिङका प्रमुख रविन अधिकारी, नापी शाखाका प्रमुख दिनेश तिवारी, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, एनएमबी बैंक वालिङ शाखाका प्रमुख माधव पौडेल लगायतले नागरिकलाई बैकिङ सेवामा सहजता मिल्ने उदेश्यले स्थापना गरिएको काउन्टरले बढी भन्दा बढी सेवा लिन पाउनेमा विश्वास व्यक्त गरे ।
स्याङ्जा सदरमुकाम पुतलीबजार र वालिङ नगरपालिकामा गरी जिल्लामा दुई शाखामार्फत बैंकले सेवा दिएको छ । १ सय ६२ शाखा रहेको माछापुच्छ्रे बैंकले प्रविधिमैत्री सेवासँगै विदेशी मुद्राको पनि कारोवार गर्दै आएको बैंकका वालिङ शाखा प्रमुख खेमराज काफ्ले जानकारी दिए । वालिङ शाखामा १३ हजार सेवाग्राही रहेको बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त
मंसिर ९, २०८१ आइतबार
एनएमबि बैंकको संस्थापक शेयर लिलामी खुल्यो
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार