बिहीवारदेखि मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्कासन गर्ने
नेपालबहस संवाददाता
साउन ६, २०७८ बुधबार १६:१:३७
काठमाडौं । मुक्तिनाथ विकास बैंकले बिहीवारदेखि १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । जसमध्ये ५ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको ७ लाख ५० हजार कित्ता व्याक्तिगत तबरबाट विक्री गर्ने जानकारी गराएको हो ।
कम्पनीले वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदरमा ७ वर्ष सम्मको लागि ऋणपत्र निष्कासन गर्नेछ । यस ऋणपत्रमा आवेदकले न्यूनतम २५ कित्ता र अधिकतम
५ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारणलाई विक्री गर्ने कुल शेयरमध्ये २५ हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषहरुलाई छुट्याएको थियो ।
जसमध्ये १ हजार ५०० कित्ता बाँडफाँट गरेको कम्पनीले जानकारी गराएको छ । ७ वर्ष अवधिको ऋणपत्र खरीदका लागि छिटोमा साउन ११ गतेसम्म आवेदन दिनुपर्नेछ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा साउन २१ गतेसम्म ऋणपत्र विक्री खुला गर्ने मिति तय गरेको छ ।
कम्पनीले निष्कासन गर्ने ऋणपत्रलाई केयर रेटिङ नेपालले मध्यम कर्जा जनाउने केयर एनपी त्रिपल बी आईएस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा माध्यम रुपमा सुरक्षित मानिन्छ ।
उक्त ऋणपत्र खरीदका लागि विक्री प्रबन्धक सानिमा क्यापिटलसँगै आस्बा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१८ औं वार्षिकोत्सवमा गरिमा विकास बैंकका १८ काम
मंसिर ८, २०८१ शनिबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार