तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
साउन ७, २०७८ बिहिबार ११:३५:८
ज्योतिषी: गणेश काफ्ले
वि.सं.२०७८ साल साउन ०७ गते । बिहीबार । ईश्वी सन् २०२१ जुलाई २२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्लपक्ष । तिथि–त्रयोदशी, दिउसो १२ बजेर ०२ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– मूल, दिउसो ०३ बजेर ५७ मिनेट उप्रान्त पूर्वाषाढा । योग– ऐन्द्र, दिउसो ०१ बजेर ०१ मिनेट उप्रान्त वैधृति । करण– तैतिल, दिउँसो १२ बजेर ०२ मिनेट उप्रान्त गर, बेलुकी १० बजेर ५६ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर २२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५६ मिनेट । दिनमान ३३ घडी ५७ पला ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’ :- धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा सस्कार सस्कृतिको जगेर्ना गर्ने काममा समय व्यतित हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा दैनिक उपभोग्य बस्तु, औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । प्रेमलाई विवाहरुपी निकास दिने सहमती जुट्ने योग रहेकोछ । तरपनि भौतिक सम्पतीको प्रयोग गर्न पाईनेछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- न्यून पारिश्रमिकमा दिनभर समय खर्चिनु पर्दा मन खिन्न हुनेछ । आफन्त तथा दिदिबहिनीसँग सानो सानो कुरामा बिवाद सिर्जना हुनेछ । बिभिन्न अवसर आएपनी सदुपयोग गर्न नजान्दा अरु भन्दा धेरै पछी परिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ भने प्रेममा अबिश्वास बढ्ने तथा धोका हुनेछ । तरपनि प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ । चलि आएका परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’ :- मायाप्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने व्यापारमा पनि प्रशस्त फाइदा हुने योग छ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- बौद्धिकताको प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पती पाउने योग रहेको छ । बैक तथा बित्तिय क्षेत्रसँग पेशाबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- मायाप्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाईलेखाई कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरेपनि पद प्रतिष्ठा नपाईने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ । तरपनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- अध्ययन अध्यापनमा प्रगती गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाई तथा छिमेकीहरुसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिनेछ । छोटो तथा रमाईलो यात्रा गरी सकारात्मक नतिजा हात लगाउन सकिनेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- तार्किक क्षमतामा बृद्धि भएर जानेछ भने सम्मानका साथ आम्दानी बढाउन सकिनेछ । गाएन तथा संगितको क्षेत्रमा लागी नाम कमाउनेहरुका लागी नया नयाँ अवसर आउनेछ । पारिवारिक माहोलमा जमघट भई मिठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमले सकारात्मक मोठ लिनेछ भने कुटुम्बसँगको सम्बन्ध सुदृड भएर जानेछ । तपाईको कामको धेरैले प्रशंसा गर्नेछन् भने बिशिष्ट व्यक्तिहरुबाट सम्मानित हुने ग्रहयोग रहेको छ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- पढाईलेखाईमा प्रतिस्पर्धीहरुलाई हराउदै अगाडी बढ्न सकिनेछ । बिभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुशि हुनेछन् । सुन्दर तथा बिलाशी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपहार प्राप्तिको योग रहेको छ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन शुखि रहनेछ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- मायाप्रेमको दुरी बढ्ने हुनाले मनमा नरमाईलो महशुस हुनेछ । यात्राको क्रममा रुपैया पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवान हुन सक्छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुले आजको दिन आफ्नो कामदेखि सन्तुष्ट हुनेछन् ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पढाईलेखाईमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । मायाप्रेममा नजिक हुने तथा नयाँ ठाउबाट प्रेम प्रस्ताब आउनेछ । ईच्छा आकांक्षा पुरा गर्न सकिनेछ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ भने अग्रजहरुको सम्पती प्रयोग गर्न पाईनेछ । पढाईलेखाईमा उच्च स्तरको सफलता हात लाग्नेछ भने प्राबिधिक शिक्षामा समय खर्चिनेहरुले राम्रो प्रगती गर्न सक्नेछन् । नविन विचारको प्रयोग मार्फत व्यवसायलाई बढाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान गरिनेछ । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार