मुक्तिनाथ विकास बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, ब्याजदर कति ?
नेपालबहस संवाददाता
साउन ७, २०७८ बिहिबार १२:४७:४
७ साउन, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको वार्षिक ८.७५ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आज (साउन ७ गते) देखि आवेदन दिन सकिने भएको छ।
बैंकले आजदेखि ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चररऋणपत्र २०८४/८५’ निष्काशन तथा बिक्री खुला गरेको हो। सो ऋणपत्रको अवधि ७ वर्ष रहनेछ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।
सर्वसाधारणलाई बिक्री गरिने कुल शेयरमध्ये ५ प्रतिशत अर्थात २५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुलाई छुट्याइएको थियो। जसमध्ये १ हजार ५०० कित्ता बाँडफाँट गरिएको बैंकले जनाएको छ।
सो ऋणपत्र खरिदका लागि छिटोमा साउन ११ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि साउन २१ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने ‘केयर एनपी त्रिपल बी आईएस’ रेटिङ्ग प्रदान गरेको छ। सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित मानिन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१८ औं वार्षिकोत्सवमा गरिमा विकास बैंकका १८ काम
मंसिर ८, २०८१ शनिबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार