नदीमा पानीको बहाव बढेपछि वनबासा पुलमा आवागमन बन्द
नेपालबहस संवाददाता
साउन ७, २०७८ बिहिबार २०:६:५२
७ साउन, महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढे पनि पश्चिमीनाका गड्डाचौकीबाट नेपाल–भारत आवागमन आज बिहानसम्म रोकिएको छैन । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले नदीमा पानीको बहाव एक लाख ४० हजार क्युसेक नाघेको बताए ।
उनले दिएको जानकारी अनुसार महाकालीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि पुलमा हिँडडुल गर्न जोखिम हुने भन्दै भारतीय पक्षले चार पाङ्ग्रे सवारीसाधनलाई रोक लगाउँदै आएको छ ।
पुलबाट यात्रुलाई पैदल यात्रामा भने कुनै रोकटोक नरहेको गुरुङले जानकारी दिए । यहाँबाट दैनिक चार सयदेखि पाँच सय नेपाली रोजगारीका लागि भारत गइरहेको प्रहरीले जनाएको छ ।
“केही दिनयताबाट भारतीय पक्षले पीसीआर परीक्षण रिपोर्टबिना नै भारत जान दिइरहेको छ”, उनले भने, “सीमामा भारतीय सुरक्षाकर्मीले रोजगारीका लागि जानेको नागरिकता, आधारकार्डलगायतका कागजात भने हेर्ने गर्छन ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार