हालै चौथो त्रैमासको विवरण सार्वजनिक गरेको कामना सेवा विकास बैंकको लाभांश क्षमता कति ?
नेपालबहस संवाददाता
साउन ७, २०७८ बिहिबार २२:४६:५०
७ साउन, काठमाडौं । हालै कामना सेवा विकास बैंकले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेको छ ।
गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले ७० करोड २ लाख मुनाफा कमाएको छ । समिक्षा अवधिसम्म बैंकको ब्याज आम्दानी र सञ्चालन मुनाफामा वृद्धि हुँदा बैंकले मुनाफा गर्न सफल भएको हो ।
कम्पनीको मुनाफाबाट विभिन्न खर्च कटाई वितरणयोग्य मुनाफा ४३ करोड ४५ लाख २१ हजार रहेको छ । सोही मुनाफाबाट कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्दछ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड रहेको छ । कम्पनीको वितरणयोग्य मुनाफा ÷ चुक्ता पुँजी × १०० गर्दा कम्पनीको लाभांश क्षमता आउँछ । जसअनुसार कम्पनीको लाभांश क्षमता १६ दशमलव ३८ प्रतिशत रहेको छ ।
कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष शेयरधनीलाई ४ दशमलव ४० प्रतिशत बोनस शेयर र शून्य दशमलव २३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१८ औं वार्षिकोत्सवमा गरिमा विकास बैंकका १८ काम
मंसिर ८, २०८१ शनिबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार