निषेधाज्ञापछि विष सेवनका घटना वृद्धि
नेपालबहस संवाददाता
साउन ७, २०७८ बिहिबार २२:४८:३२
मीना घोरसाइने
७ साउन , काभ्रेपलाञ्चोक । डाँडापारि गाउँपालिकाका ४३ वर्षीय बारपाक तामाङ मादक पदार्थको लत बसेपछि दिनहुँ घरायसी झगडा गर्ने गर्थे । गत असार १० गते उनले ४० वर्षीया श्रीमती माइलीलाई समेत मादक पदार्थ सेवन गर्न आग्रह गरे पनि उनले मानिनन् ।
माइलीको इन्कारी पछि बारपाकले बारीको झार मार्नका लागि तयार पारेर राखेको विषादी खान्छु भन्दै कचौरामा खन्याए । उनकी श्रीमती र छोरीले सो विषादी खोसेर फ्याँकिदिए र उनीहरू आफ्नो काममा लागे तर बारपाकले पुनः विषादी ल्याई पानी पिएझैँ पिए । माइली भन्छिन्, “हामीलाई त लागेकै थिएन उनले साँच्चै पिउनुहोला भनेर । त्यही भएर उहाँको कुरालाई गम्भीररूपमा लिएनौँ तर उहाँले पिएपछि हाम्रो त होसै उड्यो”, उनी गुनासो गर्छिन्, “निषेधाज्ञाको समय भएकाले तत्काल अस्पताल लान नसक्दा उहाँको अवस्था सख्त भइसकेको थियो ।”
उपचारमा ढिलाइ भएका कारण सबै आन्द्रा टाँसिएका थिए । चिकित्सकको १५दिनसम्मको अथक प्रयासका कारण बारपाक बाँच्न त सफल भए तर उनको शरीर पहिलेजस्तो सामान्य नहुने चिकित्सकको भनाइ छ । बारपाककी श्रीमती माइलीलाई अब एउटै चिन्ता छ, “तीन छोराछोरीको भविष्य अब कस्तो होला र घर खर्च कसरी चलाउने ? ” बारपाकको उपचारका कारण ऋणको बोझ पनि थपिएको उनको गुनासो थियोे ।
उनीजस्तै जिल्लाका विभिन्न अस्पतालमा विष सेवनपछि अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या बढ्न थालेको छ । बनेपाको शिर मेमोरियल अस्पतालमा विष सेवनका कारण १० दिनदेखि उपचाररत ४६ वर्षीय रामकृष्ण भुजेलका परिवारको गुनासो पनि उस्तै छ । दैनिक ज्याला मजदुरी गरेर परिवार चलाउँदै आएका भुजेल निषेधाज्ञाका कारण रोजगारी नपाएपछि मानसिकरूपमा विक्षिप्त भए । आम्दानीको स्रोत नभएका कारण निरास भएका श्रीमानले विष सेवन गरेको अम्बिकाले बताइन् । भुजेलले विष सेवन गरेपछि आफ्नो आर्थिक स्थिति झनै नाजुक बनेको उनको भनाइ थियो ।
दोस्रो लहरको कारोना सङ्क्रमण बढेकाले निषेधाज्ञापछि विष सेवनका बिरामीको सङ्ख्या बढ्न थालेको अस्पतालका प्रमुख अन्जिला बस्नेतले बताए। उनका अनुसार निषेधाज्ञापूर्व विष सेवनका वार्षिक पाँचदेखि १० बिरामी भर्ना हुने गरेकामा हाल मासिक १५ बिरामी भर्ना भएका छन् । हालै अस्पतालमा विष सेवनपछि उपचाररत तीन बिरामीको मृत्यु भएको प्रमुख बस्नेतले बताए ।
“प्रायः कमजोर मानसिक अवस्था भएका व्यक्तिले नै विष सेवन गर्ने गरेका पाएका छौँ”, उनले भने। मानसिक समस्यालाई अन्य रोगजस्तै जटिलरूपमा नलिएसम्म त्यस्ता घटना नियन्त्रण हुन नसक्ने उनको भनाइ थियो । भित्रभित्रै बेखुसी हुने, खान मन नलाग्ने, धेरै सोच्ने, रुन मन लाग्नेलगायत मानसिक समस्या देखिएमा तत्काल मनोपरामर्शदातासँग सल्लाह लिन प्रमुख बस्नेतले सुझाव दिए । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय सरकार प्रमुख भन्छन् :- सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ
असोज १९, २०८१ शनिबार
भृकुटीमण्डपमा ‘हिमालयन इन्टरनेशनल एक्सपो’ शुरू ( फोटो फिचर )
असोज १८, २०८१ शुक्रबार
दशैंको आगमनसँगै विभिन्न शक्ति पीठहरू सजाइयो [ फोटो फिचर ]
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
प्रिमियर लिगको यस सिजनमा लेस्टरको पहिलो जित
असोज २०, २०८१ आइतबार
फुलह्यामविरुद्ध म्यानचेस्टर सिटी ३-२ ले विजयी
असोज २०, २०८१ आइतबार
साउथहम्पटनमाथि आर्सनलको सहज जित
असोज २०, २०८१ आइतबार
बाढीपहिरोमा परी हालसम्म २ सय ४४ जनाको मृत्यु
असोज २०, २०८१ आइतबार
नेपाल प्रिमियर लिगको खेलाडी अक्सन आज हुँदै
असोज २०, २०८१ आइतबार
विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति
असोज २०, २०८१ आइतबार