मोटरहेडको अपग्रेडेड एमएच १५० बाइक नेपाली बजारमा, युवा पुस्ताको आकर्षण
नेपालबहस संवाददाता
साउन ७, २०७८ शुक्रबार ०:३५:१६
७ साउन, काठमाडौं । नेपालका लागि मोटरहेडको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले मोटरहेडको अपग्रेडेड एमएच १५० बाइक नेपाली बजारमा भित्र्याएको छ । नेपाली बजारमा छोटो समयमा मोटरहेड ब्राण्डको बाइकप्रति ग्राहकको आकर्षण बढिरहेको छ । यो अपग्रेडेड भर्सनको बाइक अझै बढी लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ ।
बाइकमा नयाँ सीजी १५० सीसीको इन्जिन छ । ब्यालेन्स साफ्ट, इन्भर्टेड सक, डबल डिस्क ब्रेक, नयाँ डिजाइनको मफलर, टफ च्यासिस र सिंगल एक्सिस ब्यालेन्सर छ । बाइकमा नयाँ क्याची टाइपको ग्राफिक्स छ ।
पहिले यो बाइकको मूल्य २ लाख ८८ हजार रुपैयाँ रहेकोमा अब अपग्रेड पश्चात यसको मूल्य २ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । युवा पुस्ताको रोजाईमा रहेको मोटरहेडको स्क्र्याम्ब्लर २५० बाइक पनि उपलब्ध भएको छ । पहिले यसको स्टक क्लियरेन्स भएकोमा अब फेरि नेपाली बजारमा बिक्रीका लागि उपलब्ध भएको हो ।
नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडलका बाइक उपलब्ध छन् । ती मध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ छ । त्यसैगरी एक्स टर्कको मूल्य ३ लाख ८० हजार रुपैयाँ छ । अन्य मोडलमा मोटरहेड स्पोर्ट्स अफरोड टायर र स्पोर्ट्स रोड टायरको मूल्य क्रमशः ३ लाख ६८ हजार र ३ लाख ७० हजार रुपैयाँ पर्छ ।
काठमाडौं उपत्यकाको धोवीघाट, टेकु, चाबहिल, बालाजु र सल्लाघारी तथा इटहरी, चितवन, बुटवल, पोखरा, सुर्खेत र बाग्लुङमा रहेको थ्रीएस सेन्टरमार्फत यी बाइक प्राप्त गर्न सकिने छ । धादिङ, कावासोती, विर्तामोड र मन्थलीमा पनि छिट्टै नै कम्पनीको नयाँ सोरुम स्थापना गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यी बाइकको रिसेल भ्यालुमा समस्या नहोस भन्नका लागि कम्पनीले बिभिन्न रिकन्डिसन हाउससँग सहकार्य समेत गरेको छ । त्यसैगरी सहज फाइनान्सका लागि विभिन्न वित्तीय संस्थाहरुले सहकार्य गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेस्लाको रोबो ट्याक्सी 'साइबरक्याब' सार्वजनिक, के के छन् विशेषता ?
असोज २६, २०८१ शनिबार
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि
असोज ९, २०८१ बुधबार
न्यू इनर्जी भेहिकलहरुको लागी लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा
भदौ २६, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार