समाजसेवी खाँणले गरे ४० औं पटक रक्तदान, वालिङमा १८८ युनिट रगत संकलन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
साउन ७, २०७८ शुक्रबार १:४१:४३
![](https://nepalbahas.prixacdn.net/media/albums/Krishna-khand_EtaFuYvKJH.jpg)
७ साउन, स्याङ्जा । एमाले नेता एवं समाजसेवी कृष्ण खाँणले आज विहिबार ४० औँ पटक रक्तदान गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसर पारेर आज वालिङमा आयोजित रक्तदान कार्यक्रममा समाजसेवी कृष्ण खाँणलाई रक्तव्याग हस्तान्तरण गरी उद्दघाटन गरिएको छ । राजनीति तथा समाजसेवामा सक्रिय खाँणले अहिलेसम्म ४० औँ पटक रक्तदान गरेको बताए ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसका अवसरमा वालिङमा १ सय ८८ जनाले रक्तदान गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी स्याङ्जाको आयोजनामा ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नाराका साथ खुल्ला रक्तदान कार्यक्रममा १२ जना महिला र १७६ पुरुष गरी १ सय ८८ जनाले रक्तदान गरेका हुन् । संकलित १ सय ८८ युनिट रगत पोखरा लगिएको छ ।
रगतको अभावमा कोही नागरिकले ज्यान गुमाउन नपरोस भन्दै हरेक बर्ष राष्ट्रिय युवा संघ स्याङ्जाले रक्तदान गर्दै आएको छ । कम्युनिष्ट पार्टीका संस्थापक महासचिव श्रेष्ठको स्मृति दिवसका अवसरमा युवा संघले आयोजना गरेको रक्तदानले रगत अभावमा जीवन र मृत्युँंग लडिरहेकाहरुका लागि जीवनदान हुने नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एंव जिल्ला इन्चार्ज सिता सुन्दासले बताईन् । उनले पुष्पलालकोे ऐतिहासिक भुमिका र योगदानप्रति नेपाली समाजले कहिल्यै नभुल्नेमा जोड दिदै पुष्पलालले देखाएको मार्गमा कम्युनिष्ट पार्टी हिड्नुपर्ने बताइन् ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे पारस, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य एवं गण्डकी प्रदेशका विधायन समितिका सभापति मोहन रेग्मी, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य एवं पुर्व जिविस सभापति रामबहादुर थापा, एमाले जिल्ला उपाध्यक्ष उदय श्रेष्ठ, युवा संघका केन्द्रिय सचिव महेन्द्रकुमार गुरुङ, अनुशासन आयोगका केन्द्रिय कमिटिका अध्यक्ष भरत गोदार, राष्ट्रिय युवा संघका केन्द्रिय सचिवालय सदस्य एवं जिल्ला ईन्चार्ज दामोदर तिवारीलगायतले बोलेका थिए ।
राष्ट्रिय युवा संघ जिल्ला अध्यक्ष तिलबहादुर सेन पारसको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत केन्द्रिय सदस्य शुशील खनाल, सञ्चालन जिल्ला सहसंयोजक किसान श्रेष्ठले गरेका थिए ।
रामेछापको भँगेरीमा विक्रम संवत १९८१ असार १५ गते जन्मिएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । नेपालको बाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलालको २०३५ साल साउन ७ गते भारत प्रवासमा रहेको बेला निधन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा
माघ २२, २०८१ मंगलबार
संघीय प्रहरी ऐनः नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २९, २०८१ मंगलबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमा दोस्रो
फागुन २, २०८१ शुक्रबार
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक
फागुन २, २०८१ शुक्रबार
आज कोशी र गण्डकी प्रदेशको मौसम आंशिक बदली हुने
फागुन २, २०८१ शुक्रबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
फागुन २, २०८१ शुक्रबार
अब अबुधाबीबाट पनि श्रम स्वीकृति
फागुन २, २०८१ शुक्रबार
फेमेखोलामा पुल निर्माण गर्न फिदिम नगरपालिकाको माग
फागुन २, २०८१ शुक्रबार
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमा दोस्रो
फागुन २, २०८१ शुक्रबार
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक
फागुन २, २०८१ शुक्रबार
आज कोशी र गण्डकी प्रदेशको मौसम आंशिक बदली हुने
फागुन २, २०८१ शुक्रबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
फागुन २, २०८१ शुक्रबार
अब अबुधाबीबाट पनि श्रम स्वीकृति
फागुन २, २०८१ शुक्रबार
फेमेखोलामा पुल निर्माण गर्न फिदिम नगरपालिकाको माग
फागुन २, २०८१ शुक्रबार
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमा दोस्रो
फागुन २, २०८१ शुक्रबार
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक
फागुन २, २०८१ शुक्रबार
आज कोशी र गण्डकी प्रदेशको मौसम आंशिक बदली हुने
फागुन २, २०८१ शुक्रबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
फागुन २, २०८१ शुक्रबार