स्याङ्जामा ९० प्रतिशत धान रोपाई सम्पन्न
नेपालबहस संवाददाता
साउन ७, २०७८ शुक्रबार १:५३:४१
७ साउन, स्याङजा । साउन महिनाको दोस्रो हप्तामा प्रवेश गर्दा स्याङ्जामा ९० प्रतिशत भु—भागमा धान रोपाई सकिएकाे छ । स्याङ्जाका मकै खेतबाहेक सबैमा रोपाई सकिएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको हो ।
समयमै बर्षा भएका कारण साउनको पहिलो हप्ता १० प्रतिशत भु—भागमा रोपाई गर्न बाँकी रहेको ज्ञान केन्द्रका प्रमुख विनोद हमालले बताए । उनका अनुसार चापाकोट र गल्याङ्तर्फका करिब ७ प्रतिशत भू–भाग र आँधीखोला, फेदीखोला र पुतलीबजारका करिब ३ प्रतिशत भू–भागमा मकै र चैते धान पाकी नसकेका कारण रोपाईं हुन बाँकी रहेको बताए ।
सिचाइँ पुगेका खेतमा जेठ महिनादेखि रोपाइँ सुरु भएको र अब एक हप्तामा जिल्लामा सबै भु—भागमा रोपाई सकिने हमालको भनाई छ ।
सिंचाईंका सुबिधा नपुगेका खेतमा पनि यसपटक नियमित आएको वर्षाले किसानलाई सहज बनाएको सुर्य अर्यालले बताए । स्याङ्जाका आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट , गल्याङका क्षेत्र, सेतीदोभान फाँटहरु र बिरुवा फाँटहरु धानका उर्वर क्षेत्र हुन ।
यसैगरी, दहथुम, स्वरेक, खिलुङ, पुतलीबजार नगरपालिका वालिङ नगरपालिका, चापाकोट, रत्नपुर, मल्यांकोट, चिन्नेवास, सेतीदोभान, बिरुवा, बिर्घा, अर्जुनचौपारी, राङभाङ, तुलसीभन्ज्याङ, जगतभन्ज्याङ, गल्याङमा पनि धानको उत्पादन राम्रो हुन्छ । यसपटक जिल्लामा रामधान, सावित्री, सुनौलो सुगन्धा लगायतका उन्नत जात र हाइव्रीड धान रोपिएका छन् ।
अघिल्ला वर्षका तुलनामा यसबर्ष धान रोपाईंका क्षेत्र केही बढेको ज्ञान केन्द्रले दावी गरेको छ । कोरोनाका कारण घर फर्केका जनशक्ति अहिले कृषिमा जुटेका छन् । स्याङजामा गत बर्ष ५६ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यसबर्ष ५८ देखि ५९ मेट्रिक टन उत्पादन बृद्धि हुने ज्ञान केन्द्रको अनुमान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
मलको अभाव हुँदा खेती गर्न समस्या
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रातमा कुकुर रुनुको अर्थ के हो ?
मंसिर १३, २०८१ बिहिबार
८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार