राणा डीआईजी र गुरुङलाई एसएसपीमा बढुवा गर्न सिफारिस
नेपालबहस संवाददाता
साउन ७, २०७८ शुक्रबार २:४७:५५
७ साउन, काठमाडौं । सहकुल थापाको एआईजीमा बढुवापछि रिक्त रहेको एकमात्र डीआईजी पदमा प्रहरी वरिष्ठ उपरीक्षक सौरभ राणालाई बढुवा गर्नका लागि सिफारिस गरिएको छ । राणा हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा कार्यरत छन् ।
जनपद प्रहरी समूहतर्फबाट प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ को प्रावधानअनुसार सिफारिस गरिएको हो ।
राणा आईजीपी शैलेश थापा क्षेत्रीका ब्याचमेट हुन् । राणालाई संघीय प्रहरी इकाई कार्यालय धरानमा रहँदा एकजना महिलाले बलात्कार गरेको आरोप लगाएका थिइन् । सो मुद्दामा राणाले सफाई पाईसकेका छन् ।
डीआईजीका लागि एसएसपी हरिराज वाग्ले र पूजा सिंहले पनि जोडबल लगाएका थिए । एसएसपी वाग्ले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीका ज्वाई हुन् ।
त्यस्तै नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत एसपी छायाँ देवी गुरुङलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह नर्सिङतर्फको प्रहरी वरिष्ठ उपरीक्षक पदमा प्रहरी उपरीक्षक रहेकी गुरुङलाई बढुवाका लागि सिफारिस गरिएको हो ।
प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ को प्रावधानअनुसार सिफारिस गरिएको हो । त्यस्तै, नेपाली प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक रामेश्वर अधिकारीलाई पनि प्रहरी उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको सूचनामा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार