३९ औँ बिपी स्मृति दिवस भब्यताका साथ सम्पन्न
नेपालबहस संवाददाता
साउन ८, २०७८ शुक्रबार १७:५३:१९
८ साउन, झापा । नेपाली राजनीतिका शिखर पुरुष नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जन निर्वाचित प्रधानमन्त्री महामानव विश्वेश्वर प्रसाद कोइरालाको ३९ औँ स्मृति दिवस दमक कांग्रेसले भब्यताका साथ सम्पन्न गरेकाे छ ।
श्रावण ६ गते कांग्रेसले देशैभरी र देश बाहिर रहेका लोकतान्त्रिक पक्षधर तथा बिपीलाई माया गर्नेहरुले मनाएकाे हाे।नेपालको राजनीतिक राजनीतिक परिवर्तनको आन्दोलनमा मात्र नभएर नेपाली साहित्यको उचाई थप्नमा पनि विश्वेश्वरप्रसाद कोइरालाको महत्वपुर्ण भुमिका रहेको छ । सिङ्गो कांग्रेस र लोकतन्त्रका हिमायतिहरु कोइरालालाई श्रद्धाले महामानव भनेर सम्मान गर्ने गर्दछन् ।
नेपाली कांग्रेस दमकले पनि महामानव विश्वेश्वरप्रसाद कोइरालाको ३९ औँ स्मृति दिवश भब्यताका साथ सम्पन्न गरेको दमक कांग्रेसले जनाएको छ ।
पार्टीको चौधौ महाधिवेशनको संघारमा आयोजना गरिएको विपी स्मृति दिवशमा नेपाली कांग्रेसका दमक नगर क्षेत्र भित्र रहेका क्रियाशिल सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरुको साथै कांग्रेस नेता तथा कार्यकर्ताहरूको सहभागितामा बिपी स्मृति दिवश भब्यताका साथ मनाईएको दमक कांग्रेसले जनाएको छ ।
बिगत बर्षहरुमा झै अहिले कांग्रेस बृत्तमा कुनै पनि कार्यक्रमहरु सञ्चालन गर्दा त्यति सकृयता देखिन छोडेको स्वयं दमक कांग्रेसका नेताहरु नै बताउछन् । यस पटकको बिपी स्मृति दिवसमा दमकबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा प्रतिनिधित्व गर्ने वरिष्ठ नेताहरु नै अनुपस्थित रहेकोमा भने दमक कांग्रेसका पुराना नेताहरुको चित्त दुखाई रहेको कार्यक्रममा सहभागी कांग्रेस नेताहरुले बताएका छन् ।
दमकमा पञ्चायतको व्यापक दवाव, विरोध र बर्वरतापुर्ण अवस्थामा समेत अत्यन्तै गौरव र महत्वका साथ मनाउने गरिएको विपि स्मृति दिवशमा अहिले आएर स्वयं दमक कांग्रेसको नेतृत्व तह मै देखिएको नैराश्यताको कारण दमक कांग्रेसले खोजी गर्न जरुरी छ ।
यसअघि पनि प्रतिपक्षमा रहँदा नेपाली कांग्रेसले आयोजना गर्ने विभिन्न प्रकारका सरकार विरोधि कार्यक्रमहरु, सरकार विरोधि प्रदर्शन र सरकारका गलत क्रियाकलापमा विरुद्धमा पार्टीले सञ्चालन गरेका गतिविधिहरुमा अनुपस्थित रहने नेताहरु पनि अहिले पार्टीका विभिन्न तहमा नेतृत्वका लागि भने अगाडि आईरहेको देखिएको छ ।
नेपाली कांग्रेसको नीति र शिद्धान्त पालना गर्न गराउन कांग्रेस बन्ने कि नितान्त आफ्नो ब्यक्तिगत स्वार्थ पुर्तिका लागि कांग्रेसलाई उपयोग गर्ने रु भन्ने प्रश्न अहिले दमक कांग्रेसमा बहशको विषय बनेका छ ।
नेपाली कांग्रेसको चौधौ महाधिवेशनको संघारमा आफ्नै नगर भित्र पार्टिले आयोजना गरेको कार्यक्रममा कांग्रेस नेताहरुकै अनुपस्थितिले दमक कांग्रेसका कार्यकर्ताहरुमा कस्तो शन्देस जाला ? यसका बिषयमा भने दमक कांग्रेसको नेतृत्वले, तमाम दमकका क्रियाशिल सदस्यहरु र सबै तथा नगर समितिले मनन गर्नै पर्ने भएको देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग
पुष ११, २०८१ बिहिबार
उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण
पुष ११, २०८१ बिहिबार
कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत
पुष ११, २०८१ बिहिबार
छत्रकोटमा जीपलाइन सञ्चालन हुँदै
पुष ११, २०८१ बिहिबार
तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी
पुष ११, २०८१ बिहिबार
खैरहनी महोत्सवमा महको प्रवर्द्धन गरिँदै
पुष ११, २०८१ बिहिबार