चितवनमा काेराेनाबाट तीन सय भन्दा बढीको मृत्यु
नेपालबहस संवाददाता
साउन ८, २०७८ शुक्रबार २०:१६:५८
८ साउन, चितवन । जिल्लामा कोरोना संक्रमणका कारण ३१८ को मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार बिहीबारसम्म कोरोनाका कारण सो संख्यामा मृत्यु भएको हो ।
कार्यालयले मृत्यु हुनेमा भरतपुर महानगरपालिकाका धेरै रहेका जनाएको छ । महानगरपालिकाभित्र २०२ व्यक्तिको मृत्यु भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार खैरहनी नगरपालिकाका २१, माडी नगरपालिकाका ११, रत्ननगर नगरपालिकाका ३२, राप्ती नगरपालिकाका २९ र कालिका नगरपालिकाका २० व्यक्ति छन् । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा कोरोना चितवन, मणले तीन व्यक्तिको मृत्यु भएको छ ।
यहाँका विभिन्न अस्पतालमा उपचारका क्रममा र होमआइसोलेसनमा रहेको समयमा उनीहरुको मृत्यु भएको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिए । ढकालका अनुसार जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार नजिक पुगेको छ । हालसम्म कोरोना संक्रमितको सङ्ख्या १८ हजार ८७७ पुगेको उनले जानकारी दिए । त्यसमध्ये १६ हजार ८४५ ले संक्रमणमुक्त भइसकेका छन् ।
अहिले एक हजार ७१४ जना सक्रिय संक्रमित रहेको उनले बताए । त्यसमध्ये सार्वजनिक आइसोलेसनमा १०, अस्पतालमा ११२ र होमआइसोलेसनमा एक हजार ५९२ व्यक्ति रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
मंसिर ४, २०८१ मंगलबार
स्करपियोको ठक्करबाट सिटी सफारी चालकको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार